१२ कक्षाको परीक्षाफल मंसिर दोस्रो साता

भरतपुर, ३० कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारीअनुसार १५ मंसिरभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ । परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने कामहरु एकै साथ भएकाले परीक्षा समयमा नै प्रकाशित हुने उनले […]

प्रचण्ड आउने खुसीयालीमा सार्वजनिक बिदा

भरतपुर, ३० कात्तिक । महोत्तरीको एक नगरपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको छ । जिल्लास्थित रामगोपालपुर नगरपालिकाले दाहालले स्वास्थ्य संस्थाको उद्घाटन गर्ने कार्यक्रमका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ […]

तस्करीको ‘सिण्डिकेट’ तोड्दै निर्भाना

चितवन, ३० कात्तिक मध्याह्न १२ बजे । ज्ञानेश्वर सामुदायिक वनमा चितवन राष्ट्रिय निकुञ्जको टोली प्रवेश ग¥यो । निकुञ्जबाट आएका ४ जनाको टोली होसियारीसाथ केही चियाउँदै थियो । प्रमुख संरक्षण अधिकृतले दूरबिनसहायताले टाढाको दृश्य नियाले । तस्करको टोली पहिचान भएपछि कारबाही सुरु गर्ने आदेश दिए । तस्करलाई लखेट्दा लखेट्दै १ बज्यो । २ बज्यो । ३ […]

एमालेको महाधिवेशनमा जनसांस्कृतिक महासंघ चितवनले सांस्कृतिक प्रस्तुति गर्ने

भरतपुर, ३० कात्तिक । नेकपा एमालेकाे १०औँ महाधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल चितवनले सांस्कृतिक प्रस्तुति गर्ने भएकाे छ । पार्टीको सांस्कृतिक समितिका सहसंयाेजक एवं केन्द्रीय सदस्य देवी ज्ञवालीकाे प्रमुख आतिथ्य र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्यकाे विशिष्ट आथित्यमा मंगलबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न महासंघ चितवनको वैठकले साे निर्णय गरेकाे महासंघ चितवनका […]

चितवनकी सरलासहित तीन केन्द्रीय सदस्यले त्यागे विवेकशील साझा

भरतपुर, ३० कात्तिक । विवेकशील साझा पार्टीका तीन जना केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन केन्द्रीय सदस्यले पार्टीको साधारण सदस्य समेत नरहने गरी छाडेको जानकारी दिएका हुन् । पार्टी छाड्नेमा चितवनकी सरला लामिछानेसँगै प्रतिभा डंगोल र दीपा अर्याल छन् । पार्टीको सिद्धान्त, विचार र बाटो नै फरक […]

सडक बत्ती बाल

शहरकाे सुन्दरताका लागि बिजुली बत्ती झलमल्ल हुनुपर्छ । अँध्यारो कसलाई पाे मन पर्छ र ! केही कुरा परिवर्तन हुन लागेकाे संकेत गर्नुपर्‍यो भने ‘अँध्यारोबाट उज्यालोतिर’ गइरहेकाे भन्ने गरिन्छ । अर्थात उज्यालाे प्रगतिकाे बिम्ब पनि हाे । यति मात्र‌ हाेइन, मान्छेकाे सुरक्षाको लागि पनि झलमल्ल उज्यालो चाहिन्छ । अँध्यारोमा मान्छे आफैँसँग पनि डराउँछ । अरूसँग त […]

चकमन्न बाटो, त्यसमाथि अँध्यारो

भरतपुर, ३० कात्तिक । भरतपुर अस्पतालको फार्मेसीमा काम गर्ने सुमिरा आचार्य काम सकेर घर फर्कँदा झमक्कै साँझ पर्छ । रातको ८ बजे काम सकेर उनी पैदल घर फर्किँदा मनमा एक किसिमको डरले डेरा जमाउँछ । उनी सुनसान बाटोमा घर फर्किँदै गर्दा नजिकैबाट कोही मान्छे हिँड्यो भने झस्किन्छिन् । कारण हो अन्धकार बाटो । ‘बत्ती भए […]

धानमा पुगेको क्षतिको विवरण संकलन गरिसक्न अझै केही हप्ता लाग्ने

भरतपुर/गैँडाकोट, ३० कार्तिक । कार्तिक महिनाको पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण क्षति हुन पुगेको धानबालीको विवरण संकलन गरिसक्न थप केही हप्ता लाग्ने भएको छ । घर भित्राउन काटेर खेतमा राखिएको धानलाई वर्षाको पानीले भिजाउँदा धानका दाना र पराल बिग्रिएका हुन् । पूर्वी चितवनका विभिन्न स्थानका साथै छिमेकी जिल्ला नवलपुरको गैँडाकोट, कावासोती लगायतका क्षेत्रमा काटेर […]

पत्रकार अर्याललाई योगमाया स्मृति सम्मान

भरतपुर, ३० कात्तिक । चितवनकी पत्रकार सिर्जना अर्याल योगमाया स्मृति सम्मानबाट सम्मानित भएकी छन् । प्रतिष्ठित समाजसुधारक योगमायाको बारेमा विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई योगमाया प्रतिष्ठान विराटनगरले सोमबार उक्त सम्मान प्रदान गरेको हो । पश्चिम चितवनको चनौली बजारमा रहेको रेडियो साहिनोको सञ्चालकसमेत रहेकी पत्रकार अर्याल पत्रकार महासंघकी केन्द्रीय सचिव हुन् […]

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

भरतपुर, ३० कात्तिक । ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा तिघ्रामा चोट लागेपछि उनले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारकाे देब्रे तिघ्रामा चाेट लागेकाे हाे । विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने […]

एमालेको महाधिवेशनको उद्घाटन सत्रमा एक लाख मान्छे भेला गराइने

भरतपुर, ३० कात्तिक । नेकपा (एमाले) चितवन शाखाले पार्टीको१०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण […]

चितवनमा बन्द गराउन खोज्ने १० जना पक्राउ

भरतपुर , ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित […]

महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट

भरतपुर , ३० कात्तिक । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गर्नुभएको भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राख्नुभएको थियो । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि […]

चितवनमा एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

भरतपुर , ३० कात्तिक । एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो । एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार […]

चितवनमा बन्दको सामान्य प्रभाव

भरतपुर, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको नेपाल बन्दको चितवन जिल्लामा सामान्य प्रभाव परेको छ । निर्वाधरूपमा चलिरहेका यातायात रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सडकमा निस्केर यातायात बन्द गराउन खोज्ने पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर यातायात आवागमन सहज बनाएको छ […]

पुस २५ देखि माघ ४ सम्म चितवन महोत्सव हुँदै

भरतपुर, ३० कात्तिक । जिल्लाको सबैभन्दा ठूलो मेला चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । वि. सं. २०५३ देखि सुरु भएको महोत्सवको यो १३ औँ संस्करण हो । हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको […]

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

भरतपुर, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि आइतबार उनले प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए । तत्कालीन मुख्यमन्त्री भीम […]