चितवनमा बन्दको सामान्य प्रभाव

भरतपुर, ३० कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको नेपाल बन्दको चितवन जिल्लामा सामान्य प्रभाव परेको छ । निर्वाधरूपमा चलिरहेका यातायात रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सडकमा निस्केर यातायात बन्द गराउन खोज्ने पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर यातायात आवागमन सहज बनाएको छ । अहिले चितवनका सडकमा गाडी चलेका छन् ।

पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो ।

सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्‍याउन पाएका छैनन् । थापाले भने, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

बन्द आह्वानका कारण अन्य दिनमा झैँ सवारीसाधन भने चलेका छैनन् । बिहानैदेखि मुख्य बजार क्षेत्रमा सामान्य चहलपहल मात्रै देखिएको छ । भित्री बजारमा भने अधिकांश पसल खुलेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट