टि–२० विश्वकप : सुपर १२ का टोलीको टुंगो लाग्यो

टि–२० विश्वकप क्रिकेटमा सुपर– १२ मा पुग्ने टोलीको टुंगो लागेको छ । क्वालिफिकेसनबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ मा पुगेका हुन् । अब १२ टोलीबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । समूह एमा अब इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र नामिबिया छन् भने समूह बीमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्याण्ड र […]
दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : फारम , शारदानगर र चोरमारा विजयी

देवचुली, ५ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार फारम , शारदानगर र चोरमारा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको फारम खेलकुद समिति र गैंडाकोट फुटबल क्लबबीच भएको पहिलो खेलमा फारम […]
पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन

जनकपुरधाम, ५ कात्तिक । पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाएकालाई बिनाशर्त रिहाइको […]
१० औँ महाधिवेशनमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने

भरतपुर, ५ कात्तिक । नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशनमा पाँच लाख कार्यकता सहभागी हुने जनाएको छ । एमालेको स्थायी कमिटीको बैठकले बिहीबार पार्टीको १० औँ महाधिवेशन चितवनमा अयोजना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि शुक्रबार चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले यस्तो बताएका हुन् । यस्तै पार्टीले केन्द्रीय महाधिवेशन […]
सुरक्षा निकायभित्र अब सबैलाई `तपाईं´

काठमाडौं, ५ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् । कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज […]
अज्ञात समूहद्वारा रत्ननगर अस्पतालमा तोडफोड

रत्ननगर, ५ कात्तिक । रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गर्नुका साथै अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए […]
कविडाँडाको १९ औँ वार्षिकोत्सवमा निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक हुने, विभिन्न स्रस्टाहरू सम्मानित हुँदै

भरतपुर, ५ कात्तिक । कविडाँडा साहित्य समाज चितवनले प्रत्येक वर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कार वर्ष २०७८ घोषणा गरेको छ । जसअन्तर्गत कविडाँडा साहित्य सम्मान तथा देव-खीना स्मृति पुरस्कार- २०७८ तीन जना स्रस्टाले प्राप्त गर्ने भएका छन् । समालोचक तथा निबन्धकार डीआर पोखरेल (चितवन), कथाकार तथा नियात्राकार इल्या भट्टराई (काठमाडौं) र कवि, आख्यानकार, संस्कृतविद मुकुन्दशरण […]