पत्रकार राजेश घिमिरेलाई वातावरण पत्रकारिता पुरस्कार

भरतपुर, २२ जेठ चितवनका पत्रकार राजेश घिमिरेलाई नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ । ‘‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको यो पुरस्कार कायाकैरन डटकम र सेतोपाटीमा आबद्ध घिमिरेलाई दिन लागेको नेपाल वातावरण पत्रकार समूहले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ । भरतपुर […]

पेट्रोलियम पदार्थमा २ रुपैयाँले मूल्यवृद्धि

काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निषेधाज्ञाकै समयमा यो दोस्रोपटक मूल्य बढाएको हो । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो । समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ […]

माडीका दलहरूले साेधे-‘जग्गा कित्ताकाट किन गरेकाे ?’

भरतपुर, २२ जेठ । माडी क्षेत्रका राजनैतिक दल सम्बद्ध संगठनहरुले जग्गा खण्डिकरण सिफारिसको बिषयमा माडी नगरपालिकाको आधिकारिक धारणा सहित सर्बपक्षीय भेलाको माग गरेका छन् । नेकपा (एमाले)को आह्वानमा एमाले नगर अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा बसेको माडीका राजनैतिक पार्टीहरुको संयुक्त भेलाले सो माग गरेको हो । भेलापश्चात जारी प्रेस वक्तव्यमा एमालेसँगै, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, […]

२४ घण्टामा थपिए ३५४० जना संक्रमित, ८२४३ जनालाई निको

भरतपुर, २२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएका ११ हजार ४ सय ७१ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै एन्टिजेन विधिबाट गरिएका ५ हजार ३ […]

वातावरण दिवसमा गैंडाकोट जेसीजद्वारा वृक्षारोपण

गैंडाकोट, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा गैंडाकोट जेसीजले वृक्षारोपण गरेको छ । गैंडाकोट-७ हरिहर मन्दिर परिसरमा वृक्षारोपण गरिएको गैंडाकोट जेसीजका महासचिव राजेश पौडेलले बताए । गैंडाकोट-७ का वडाध्यक्ष चोलानाथ उपाध्यायको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बिशेष अतिथि नेपाल जेसीजका कानुनी सल्लाहकार तथा गैंडाकोट जेसीजका पूर्वअध्यक्ष गोकुल सापकोटा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]

२४ घण्टामा चितवनका अस्पतालमा ७ जना संक्रमितको मृत्यु

भरतपुर, २२ जेठ । पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा अस्पताल तथा आइशोलेसन सेन्टरबाट ३८ जना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य कार्यालयले जनाएअनुसार अस्पतालमा ज्यान गुमाएकामध्ये २ जना नवलपरासीका हुन् । अन्य मृतक चितवन, मकवानपुर, बारा, सर्लाही र अर्घाखाँचीका हुन् । स्वास्थ्य […]

चितवनका थप ६३ जनामा संक्रमण पुष्टि, एन्टिजेन टेष्टको पोजिटिभ दर उच्च

भरतपुर, २२ जेठ । पछिल्लो २४ घण्टामा चितवनका थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४८ जनामा पीसीआर तथा १५ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ३६० जनाको स्वाब संकलन गरिएको […]

मलामीविनाको चिता (कविता)

म त्यो शव होइन, जुन अब सहानुभूति खोज्न कराइरहेछु, म आफैँलाई बुझ्न आफ्नै खरानीभित्र हराइरहेछु । म त्यो शंख हुँ जसको ध्वनि भेटिन्छ तर सुनिँदैन, म त्यो दागबत्ती हुँ, जसको प्रकाश देखिन्छ तर जलाइँदैन । म त्यो कथा हुँ, जसको पंक्ति लेखिन्छ तर पढिँदैन, म त्यो शव हुँ, जसको अन्त्य देखिन्छ तर दाहसंस्कार गरिँदैन । […]

चितवनका एचआइभी संक्रमितलाई घरघरै औषधि

चितवन, २२ जेठ कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पु¥याउँदै आएको हो । यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ […]

ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ वर्षका लागि प्रतिबन्धित

भरतपुर, २२ जेठ फेसबुकले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू दुई वर्षका लागि बन्द गरिदिएको छ । युएस क्यापिटल दंगामा गरिएको पोष्टका कारण जनवरीमा उनलाई दुबै साइटहरूबाट अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको थियो । तर, गत महिना फेसबुकको ओभरसाइट बोर्डले त्यस कार्यको आलोचना गरेको थियो । ट्रम्पका कार्यहरू फेसबुकको नियमहरूको गम्भीर उल्लंंघन भएको […]

गैँडाकोटमा मकै खेती प्रवर्द्धन गर्न अनुदान

गैँडाकोट, २२ जेठ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब रु ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच […]

तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटीआर-७२ जहाजको परीक्षण उडान

काठमाडौँ, २२ जेठ । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर-७२ जहाजले संखुवासभाको तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ । यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा परीक्षण उडान गरेको हो । बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, एयरका अपरेशन तथा टेक्निकल टिमले परीक्षण […]

परराष्ट्र मन्त्रीबाट हटेलगत्तै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, २२ जेठ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिएका छन् । आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनले उल्लेख गरेका […]