परराष्ट्र मन्त्रीबाट हटेलगत्तै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, २२ जेठ ।
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिएका छन् ।

आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनले उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको छ’ उनले लेखेका छन् ।

मन्त्री हुँदा आफूले प्रयोग गर्दै आएको गाडी र ल्यापटप शुक्रवार नै बुझाएको भन्दै ज्ञवालीले शनिवार नै मन्त्री निवास छोड्ने जानकारी पनि दिएका छन् । उनले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट