साइकल यात्रा : पर्यटन अनि पर्यावरणको संरक्षण पनि

भरतपुर, २२ माघ । गत शुक्रबार दिउँसो माडीको वसन्तपुर बजारमा छुट्टै रौनक देख्न सकिन्थ्यो । माडी नगरपालिका कार्यालय अगाडि पर्ने सडकको दुवैतिर स्थानीयहरू लस्करै उभिएका थिए । उक्त भीडमा स्कुले विद्यार्थीदेखि विभिन्न सामाजिक व्यक्तिहरू थिए । सबैले हातमा रंगीबिरंगी फूल समाएका थिए । उनीहरूको भाव हेरेर यति बुझ्न सकिन्थ्यो कि उनीहरू पक्कै पनि कसैको प्रतीक्षामा […]

सौराहामा फुड फेस्टिवल हुँदै

भरतपुर, २२ माघ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सुस्ताएको मुलुकको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । चलायमान हुँदै गएको सौराहाको पर्यटन व्यवसायलाई गति दिन सौराहा फुड फेष्टिवल गरिने भएको छ । १५औं संस्करणको सौराहा फुड फेष्टिवल यहि फागुन १ गतेदेखि ३ गतेसम्म हुनेछ । विशेषगरि प्रणय दिवसलाई लक्षित गरेर सौराहामा आन्तरिक पर्यटकलाई […]

चितवनमा थप ६३१ जनाले लिए खोप

भरतपुर, २२ माघ । कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत चितवनमा बिहीबार ६ सय ३१ जनाले पहिलो मात्राको खोप लिएका छन् । यससँगै जिल्लामा हालसम्म पहिलो मात्राको खोप लगाउनेको संख्या ५ हजार ७ सय ९५ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहीबार भरतपुर अस्पतालबाट २९६ र पुरानो मेडिकल कलेज शिक्षण अस्पतालबाट ४३ जनाले खोप लगाएका […]

नेकपा दाहाल-नेपाल समूहद्वारा चार ट्रकमा तोडफोड

भरतपुर, २२ माघ । नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको आम हड्तालका क्रममा सवारीसाधन चलाएको भन्दै भरतपुरमा बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दकर्ताले काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना. ३ ख ३९३, ना. १ क १४३५ र […]

जनताका गाडीमा तोडफोड, नेता भने गाडीमा सरर

भरतपुर, २२ माघ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद विघटन गरेको विरोधमा प्रदर्शनमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहीबार सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । जनताका लागि आन्दोलन गरेको भनेका उनीहरूले सर्वसाधारणका ट्याक्सी, मोटरसाइकल पनि जलाइदिएका छन् । तर, उनीहरूका प्रमुख नेता भने विरोध प्रदर्शनको निरीक्षण गर्न भन्दै आफैं गाडी चढेर काठमाडौं घुमिरहेका छन् […]

मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई सहुलियत ऋण दिने

चोरमारा, २२ माघ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने प्रक्रिया सुरु गरेको छ । यस सम्बन्धी नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता समेत भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा समावेश गरेको ‘युवा स्वरोजगार’ कार्यक्रम सञ्चालनका लागि नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता […]