Kayakairan 28 Push 2074
चितवन जिल्ला फुटबल संघमा श्रीकृष्णको नेतृत्व

चितवन, २७ पुस । चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संघको सातौं अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्वितीय उपाध्यक्षमा विजय घले, तृतीय उपाध्यक्षमा जीवनकुमार लामा चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता चुडामणि सापकोटाले जानकारी दिए । […]
उद्योग वाणिज्य संघ–चितवनमा सहन प्रधानलाई किन जिताउने ? (भिडियो अन्तरवार्ता)

चितवन, २७ पुस । उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि यही पुस २९ र ३० गते साधारणसभा तथा अधिवेशन गरिदैछ । २५ सदस्य निर्वाचित गर्नका लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल […]
उद्योग वाणिज्य संघ–चितवनमा राजु श्रेष्ठलाई किन जिताउने ? (भिडियो अन्तरवार्ता)

चितवन, २७ पुस । उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि यही पुस २९ र ३० गते साधारणसभा तथा अधिवेशन गरिदैछ । २५ सदस्य निर्वाचित गर्नका लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल […]
पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती मनाइँदै

२७ पुस । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाएका थिए । उनको योगदानको कदर गर्दै पुस […]
२५ पदमा ४७ उम्मेदवारी, ३ निर्विरोध

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२७ पुष । उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेको जानकारी दिए । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानको उम्मेदवारी परेको छ । २५ सदस्यीय कार्यसमितिका लागि ४७ […]
यातायात व्यवसायीको महाधिवेशन चितवनमा

भरतपुर,२७ पुष । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । महासंघले बुधबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १७ गतेदेखि १९ गतेसम्म महाधिवेशन हुन लागेको जनाएको हो । ९१ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चितवनको रत्ननगरमा महाधिवेशन हुन लागेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । महाधिवेशनमा देशभरबाट […]
अर्पण सहकारीमा भुषालको नेतृत्व

रत्ननगर,२७ पुष । रत्ननगर–१, बकुलहरस्थित अर्पण बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार चितवन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको चौथो अधिवेशनले यमन भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा मेघनाथ लामिछाने, सचिवमा सुरज […]
स्थानीयको लगानीमा ५ करोडको मन्दिर

धु्रवराज खनाल/कायाकैरन २७ पुष । नेपालकै नमूना मन्दिरको रुपमा चिनाउँदै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ रत्ननगर नगरपालिका–११, जिरौनामा ठुलो लगानीमा मन्दिर निर्माण गरिएको छ । दक्षिण भारीतय प्यागोडा शैलीमा श्रीकृष्ण प्रणामी मन्दिरको काम करिब अन्तिम चरणमा पुगिसकेको छ । करिब पाँच वर्षअघि सो मन्दिरको निर्माण सुरु भएको थियो । दक्षिण भारतबाटै कालिगढहरु सुरुदेखि नै […]
अध्यक्षको मनोनयन शुल्क ५० हजार !

२७ पुष । उद्योग वाणिज्य संघ चितवनको चुनाव निकै महँगो हुने देखिएको छ । प्यानलै बनाएर चुनावी घरदैलोमा होमिएका व्यवासीयले भेटघाटमा थुप्रै खर्च गरेका छन् । उनीहरुले व्यक्तिगतरुपमा खर्च गर्दै व्यवसायी रिझाउन लागिपरेका छन् । पर्चा, पम्प्लेट, विज्ञापन, खाजा, भेटघाटलगायत शीर्षकमा उनीहरुले मन खुलाएरै खर्च गरेको भेटिन्छ । यतिमात्रै होइन, उम्मेदवारी दर्ता शुल्क पनि विगतभन्दा […]