समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा नेपाली फस्दैनन्ः ओली

८ मंसिर, धनगढी। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गरेका छन् । यहाँ आज आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकीकरण गर्न लागिएको स्पष्ट गरे । विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति […]
देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रो काँधमा ः दाहाल

नारायण अधिकारी चितवन, ८ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि कम्युनिष्ट केन्द्र निर्माण गर्न लागिएको बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं ३ को संयुक्त भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थिर सरकारले मात्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्नसक्ने बताउनुभयो […]
भरतपुरमा कपाल प्रत्यारोपण सम्बन्धि निशुल्क परामर्श

भरतपुर, ८ मंसीर । काठमाडौं विशालनगरस्थित अरोगिन हेयर क्लिनिकले चितवनमा निःशुल्क कपाल प्रत्यारोपण परामर्श दिदैछ । भरतपुर गार्डेन रिर्सोटमा हुने परामर्श शनिबार विहान १० बजेदेखि सुरु हुनेछ । कपाल विज्ञ कृतिश्मा अर्यालको समूहले परामर्श दिनेछ । परामर्श आइतबारसम्म चल्नेछ । विभिन्न कारण असमयमै कपाल गुमाउन पुगेकाहरुलाई लक्ष्य गरी नेपालमै कपाल प्रत्यारोपण सेवा दिइन थालेको छ […]
खेतमै पुगेर भोट माग्दै प्रदेश सभाका उम्मेदवार रामलाल महतो
चितवन । प्रतिनिधि सभा सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका लागि दोस्रो चरणमा मंसिर २१ गते मतदान हुने चितवन जिल्लामा यतिबेला उम्मेदवारहरु घरदैलो गर्दै मतदातासँग मत माग्नमा व्यस्त छन् । यसैक्रममा चितवनको निर्वाचन क्षेत्र नम्बर तीन प्रदेश सभा ख का उम्मेदवार रामलाल महतोले घरघरमात्र होइन, खेतमै पुगेर मतदातासँग भोट मागिरहेका छन् । घरदैलोका क्रममा भरतपुर […]
चितवनमा ‘विप्लव’का १६ जना कार्यकर्ता पक्राउ

चितवन, ८ मंसिर / निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको […]
चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

चितवन, ८ मंसिर (रासस) ः चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ समृृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोको समेत प्रतिबद्धता […]
पार्टी एकीकरण चितवनबाटै सुरु हुन्छः पोखरेल

चितवनमा आसन्न निर्वाचनलाई लक्षित गरेर उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन् । मतदातालाई रिझाउन प्रतिबद्धतापत्र बोकेरै उम्मेदवारहरु मतदाताको घरदैलो पुगिरहेछन् । योबीच्मा चितवन क्षेत्र नम्बर २ को चुनावी भिडन्त निकै रोचक देखिन्छ । यो क्षेत्रमा १ लाख ८ हजार २ सय १५ जना मतदाता छन् । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरका १० वटा वडा […]
ठूला दलको एकछत्र राज अब तोडिन्छः रञ्जु दर्शना

विप्लव काफ्ले/कायाकैरन भरतपुर,८ मंसिर । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले देशलाई ‘फेल’ हुनबाट बचाउन युवा नेतृत्व आवश्यक रहेको बताएकी छिन् । केन्द्रीय बस टर्मिनल भरतपुरको चौरमा आयोजना भएको आमसभालाई बिहीबार सम्बोधन गर्दै उनले पुराना पार्टीले युवालाई सत्ता पुग्ने भ¥याङ मात्रै बनाएको भन्दै अब सबैले मत परिवर्तन गर्ने बेला आएको बताइन् । “युवाले सधैं […]
प्रचण्ड आजदेखि चुनावी अभियानमा

मंसिर ८ /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । छोरा प्रकाश दाहालको मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो । तिमिल्सेनाले भन्नुभयो, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी […]