चितवन प्रहरीको यस्तो अनुरोध (सक्दो शेयर गरौं)

जिल्ला प्रहरी कार्यालय चितवनले आमनागरिकलाई यस्तो अनुरोध गरेको छ ।  सक्दो शेयर गरेर सबैलाई सुसूचित गराऔं । सक्दो शेयर गरेर सबैलाई सुसूचित गराऔं ।

को–को भए मन्त्री ?

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका हुन् । […]

चितवनका व्यवसायीसँग फिरौती लिने कथित ‘रअ का एजेन्ट’को योजना यसरी भयो असफल

विनोदबाबु रिजाल भरतपुर, ११ साउन । चितवनका एक नाम चलेका व्यवसायीलाई धम्काउँदै २० लाख असुल्ने प्रयास गरेका धादिङका ४ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय गुप्तचर निकाय ‘रअ’ को ‘नेपाल एजेन्ट’ भएको दावी गर्दै गोलीले उडाउनेसम्मको धम्की दिने उनीहरुलाई चितवन प्रहरीले आइतबार काठमाडौंको बसपार्कस्थित सिस्नेरी गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो । “रअ’को नेपाल प्रतिनिधि […]

विवेकशील र साझा पार्टी एक भए

काठमाडौं, ११ साउन   । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ । नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ […]

विपद् निम्त्याउन सक्छ चुनढुंगा खानीले

धु्रवराज खनाल रत्ननगर, ११ साउन । प्राकृतिक विपद् आउनुअघि नै क्षति न्यूनीकरणका लागि सजगता अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विपद् व्यवस्थापन समिति रत्ननगरको आयोजनामा मंगलबार भएको मनसुन पूर्वतयारी गोष्ठीमा उनीहरुले विपद् विनाजानकारी आउने भएकाले स्वयं सजग हुनुपर्ने बताए । रत्ननगर नगर कार्यपालिकाका प्रमुख नारायण वनले विपद् एक्कासी आउने भएकाले प्रकृतिसँग खेल्न जान्नुपर्ने बताए । […]

कामै नभएको नगर विकास समिति

विप्लव काफ्ले चितवन, ११ साउन । चितवनमा ८ वटा नगर विकास समिति गठन भएको झण्डै ६ महिना बितेको छ । तर, नाम मात्रैका यी संस्थाले कुनै काम पाएको छैन । धेरै अधिकारसहित स्थानीय तह गठन भएपछि पनि नगर विकास समिति अस्तित्वमै रहँदा दुई संरचना ‘समानान्तर’ जस्तो देखिन्छ । तर, सरकारले यहाँसहित देशैभर नगर विकास समितिलाई […]