भरतपुर महानगरपालिकामा विवाद, मतगणना स्थगित

५ जेठ, चितवन । दलहरुबीचको विवादका कारण भरतपुर महानगरपालिकामा जारी मतगणना साझ ७ बजेदेखि स्थगित भएको छ । वडा नम्बर ९ को ४०८ मतको रेकर्ड फरक परेपछि विवाद भएको हो । कांग्रेस एमालेले त्यस वडाको पुनः मतगणना गर्नु पर्ने माग गरेका छन् । अहिले मतगणनास्थल बाहिर कार्यकर्ताहरुले नारावाजी गरिरहेको कायाकैरनकर्मी प्रबिन बरालले जानकारी दिनुभयो । कांग्रेस, माओवादी केन्द्र, […]
(अपडेट) भरतपुर महानगरपालिकामा पुन ज्ञवालीको अग्रता

५ जेठ । भरतपुर महानगरपालिकामा एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३४६ मतले अग्रता लिएका छन्। पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ८ सय ९ मत ल्याएकी छन् भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले १५ हजार १५५ मत ल्याएका छन्। यस्तै भरतपुर-९मा नेकपा एमालेका यमलाल कंडेल प्यानल सहित विजयी भएका छन । भरतपुर वडा न […]
चितवनको महत्वपुर्ण फोन नम्बरहरु

एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर -०५६ ५२५४२८, ०५६५२५३९७ भरतपुर अस्पताल;भरतपुर०५६-५२०१११ नेशनल सिटी हस्पिटल;नारायणगढ०५६-५७०५४० आशा अस्पताल प्रा.लि.;भरतपुर०५६-५२५३५५ भरतपुर सेन्ट्रल हस्पिटल 056524222/056524223 भरतपुर आँखा अस्पताल;भरतपुर०५६-५२०३३३ शान्ति अस्पताल प्रा.लि.;भरतपुर०५६-५२५५७८ सप्तगण्डकी अस्पताल प्रा.लि.;भरतपुर०५६-५२८३४६ भरतपुर सामुदायिक अस्पताल;भरतपुर०५६-५२३२०० एनपीआई-नारायणी सामुदायिक अस्पताल;भरतपुर०५६-५२५५१४;०५६-५२५५१५ सिएमएस भरतपुर मेडिकल कलेज;भरतपुर०५६-५२५०१२;०५६-५२५०१३ चितवन मेडिकल कलेज;भरतपुर०५६-५३२६३३ चितवन ओम अस्पताल प्रा.लि.;भरतपुर०५६-५२१०६६ चितवन अस्पताल प्रा.लि.;भरतपुर०५६-५२७१०१ चितवन उद्योग संघ०५६-५२२०५२ रत्नननगर उद्योग वाणिज्य […]
बल्ब खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

५ जेठ । सर्वाेच्च अदालतले एलईडी बल्ब खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरित आदेश दिएन । सार्वजनिक खरिद ऐन विपरीत एलईडी बल्ब खरिद हुन लागेको भन्दै गएको बुधबार अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराईले यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै दायर गरेको रिटमा शुक्रबार सर्वाेच्च अदालतले सुनुवाइ गरेको हो । उक्त रिटमा सुनुवाइ […]
(अपडेट) भरतपुर महानगरपालिकामा ४५० मतले रेणुले लिइन अग्रता

५ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४५० मतले अग्रता लिएकी छन्। पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ६ सय १९ मत ल्याएकी छन् भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले १४ हजार १६९ मत ल्याएका छन्। मेयर रेणु दाहाल १४,६१९ देवी प्रसाद ज्ञवाली १४,१६९
मनहरीमा एमाले विजयी
हेटौँडा, ५ जेठ । मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी भए […]
चुनाव गराउनु नै मेरो जीत हो– प्रधानमन्त्री

चितवन, ५ जेठ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पहिलो चरणको निर्वाचन गराउन नै आफ्नो जीत भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले जुन सुकै पार्टीले जीत पनि मुलुककै जीत भएको बताए । माओवादी केन्द्रलाई पहिलो चरणको स्थानीय निर्वाचनमा सोचेजस्तो मत नआइरहेको बेला शुक्रबार चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान […]
वडा अध्यक्षलाई संविधानले दिएको अधिकार यस्तो छ
५ जेठ । स्थानीय तहको निर्वाचको परिणाम आउने क्रम धमाधम जारी छ । निर्वाचनसँगै प्रत्येक महानगरपालिका नगरपालिका र गाउँपालिकामा एक-÷एक जना प्रमुख र उपप्रमुखका प्रत्येक वडाबाट एक जना अध्यक्ष सहित चार जना सदस्य चयन भएका छन् । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । निर्वाचित प्रतिनिधिहरु मर्फत अब स्थानीय तहमा नै जनताले अधिकार उपभोग […]
गृहजिल्लामा प्रधानमन्त्री प्रचण्ड

५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन् । रामपुरमा रहेको कृषि तथा वन बिज्ञान विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् ।
काठमाडौंमा कांग्रेसभन्दा विवेकशील र साझाको मत धेरै

५ जेठ । काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो मत अग्रता फराकिलो बनाउँदै लगेको छ । अहिलेसम्म ३० हजारभन्दा बढी मत गनिसकिएको छ ।पछिल्लो मत परिणामअनुसार एमालेका विद्यासुन्दर शाक्यले १०४१७ र कांग्रेसका राजुराज जोशीले ६७७४ मत पाएका छन् । तेस्रोमा विवेकशील नेपालकी रञ्जु दर्शनाले ४००३ मत पाएकी छन् । साझा पार्टीका किशोर थापाले ३१७१ मत पाएका छन् […]
कावासोती नगरपालिकाको प्रमुखमा चन्द्रा पुन विजयी
५ जेठ, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी भएकी छन । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी भएका छन । प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका थिए […]
रेणु दाहाल एमालेसँग मतअन्तर घटाउँदै

५ जेठ, भरतपुर । भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । तर माओवादी केन्द्रकी रेणु दाहालले मत अन्तर धेरै नै घटाएकी छन । एमालेका देवी ज्ञवालीले १२३०६ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११७७७मत पाएकी छन ।
भरतपुरमा गोली प्रहार गरी लुटपाट

५ जेठ, चितवन । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उहाँकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया […]
भरतपुर महानगरपालिका ७ मा नेकपा एमालेका काफ्ले बिजयी

५ जेठ । भरतपुर महानगरपालिका वाडा नम्बर ७ मा नेकपा एमालेका राजेन्द्रमाणि काफ्ले १४ मतले विजयी भएका छन । मेयर देवि १२३०६ रेणु ११७७७ उपमेयर पार्वति १३६८० दिव्य १०५२० ७नम्वर वडा एमाले १४९४(बिजयी) नेका १४८० माके ८५०
स्थानीय तहमा अन्यौलता
स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनको मतपरिणाम एकपछि अर्को गरी आइरहेका छन् । सुरुमा निकै सुस्तगतिमा गनिएको मत पछिल्लो समयमा केही तीव्र बनेको छ । यसले गर्दा स्थानीय तहको नतिजा प्राप्त हुने क्रम पनि केही बढेको महसुस गरिएको छ । मतगणना जति तीव्र भयो, जित्नेहरुको विजयजुलुस पनि उत्ति नै बाक्लो देख्न पाइएको छ । तर, […]
माडीमा ठाकुर ढकालको जित
भरतपुर,५ जेेठ । तीव्र प्रतिस्पर्धापछि माडी नगरपालिकाको मेयरमा ठाकुरप्रसाद ढकाल विजयी भएका छन् । तर, राति ११ बजेसम्म पनि निर्वाचन कार्यालयले अन्तिम घोषणा गरेन । मतगणना स्थलबाट स्रोतले दिएको जानकारीअनुसार ढकालले कांग्रेसका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतको अन्तरले हराए । ढकाल हाल माओवादी केन्द्र चितवनका सहईञ्चार्जसमेत छन् । २०३१ सालदेखि सक्रिय राजनीतिमा होमिएका ढकाल कयौंपटक […]