परदेशमा दशैँ नआउने रहेछ

मस्तिष्कको कुनामा समयको एक चक्र घुमिरहेको छ । झिसमिसै उज्यालोमा उठ्दा चिसो चिसो हुन्थ्यो । मन्दिर कोठाबाट धुपको बासना सिधै नाकमा ठोक्किँदा मनै आनन्दित बनाउँथ्यो । घरमा पोतिएको कमेर‍ो र रातोमाटो, बुबाले लगाउनु भएको दुर्गा पाठको ध्वनि अनि आमाले आँगन बढार्दै गर्दा आएको खर्राको आवाज, त्यसै आँगनको डिलमा सयपत्री र मखमली फूलको फक्रँदै गरेको कोपिला, […]