एनआरएनए स्पेन अध्यक्षमा सन्तोष श्रेष्ठ, नेपाल–स्पेन सम्बन्ध विस्तारको सेतु बन्ने प्रतिवद्धता

स्पेन, १० साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । श्रेष्ठ डेढ दशकदेखि स्पेनमा बस्दै आएका छन् । उनी स्पेनमा सफल ट्याक्सी व्यवसायी हुन् । स्याङ्जा आँधिखोलाका श्रेष्ठ नेपाली जनसम्पर्क समिति स्पेनका निवर्तमान सभापति हुन् । श्रेष्ठ […]

नेपाल समाजका महासचिव विजय कुँवरको निधन

स्पेनमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । स्पेनको आल्तेयमा बस्दै आएका नवलपरासीका विजय कुँवरको बिहान २ बजे निधन भएको हो । नजिकैको समुद्रमा पौडी खेल्ने क्रममा निधन हुन पुगेको हो । कुँवर १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का को महासचिव रहेका उनी सेफ(कुक)  थिए । उनको श्रीमती र […]

एनआरएनए कोष्टाव्लाङ्काको नेतृत्व लिए विपिनले, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

स्पेन, १० असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्काको अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् । तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. वृहस्पति […]

स्पेनमा राहदानी शिविर, २५२ जनाले पाए सेवा

स्पेन, ४ असार । आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए । नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए । काल्पे, आल्तेया, कास्पे, […]

स्पेनमा नेपालीका लागि राहदानी शिविर हुँदै

स्पेन, २४ जेठ । स्पेनस्थित आलिकान्तेको बेनिडोर्ममा राहदानीका लागि घुम्ती शिविर हुने भएको छ । आलिकान्तेको बेनिडोर्मस्थित  होटल ब्रिस्टल, प्लासा डाक्टर फ्लेमिङ २ मा शिविर सञ्चालन हुनेछ । यहि जुन १४ र १५ (जेठ ३१ र असार १ गते) सञ्चालन हुने शिविरका लागि नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङ्काले समन्वय सहजीकरणको तयारी तीव्र पारेका […]