चन्द्रकला : मुस्कानभित्रको सङ्घर्ष

सामाजिक सञ्जालमा सधैं मुस्कानका तस्बिरहरू, प्रेरणादायी विचारहरू र जीवनप्रतिको उज्यालो दृष्टिकोण – यिनै शब्द र मुस्कानले धेरैलाई हौसला दिन्छ । तर त्यो मुस्कानको पछाडि लुकेको कथा चाहिँ दुःख, सङ्घर्ष र साहसको गहिरो सागर हो । चन्द्रकला – एक आमाको नाम, एक कर्मनिष्ठ नारीको परिचय । काखमा सानो छोरा च्यापेर उनले जागिरे जीवनको सुरुवात गरिन् । […]