भूतखोलाको उकालोसँग (नियात्रा)

देवघाटधामबाट हिँडेको साठी जनाको टोली चौबिसौँ दिनमा मुस्ताङ जिल्लाको धीमे ठाँटी भन्ने ठाउँमा गएर बास बस्यो । दशदेखिन् पन्ध्र किलोमिटर हिँडेपछि बल्ल एउटा गाउँ देखिन्थ्यो । केही पोथ्रापोथ्री बोटबिरुवाहरू देखिन्थे । भरपूर हरियाली देख्न नपाएको लगभग साता दिन भएको थियो । पृथ्वीको अर्कै कुनै अनकन्टार कुनामा आएजस्तो भएको थियो । ढुङ्गा, माटो र बालुवामात्र थियो […]