‘आँगनीमा फूल रोपेँ’का गजलहरू पढ्दाको अनुभूति

गजलकार रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ भित्रका गजलहरू पढ्दै जाँदा मैले एउटा जीवन्त, संवेदनशील र वैचारिक रूपमा सजग साहित्यिक यात्राको अनुभूति गरेँ । सामान्यतः गजल भन्नेबित्तिकै प्रेम, विरह र मानवीय संवेदनालाई अभिव्यक्त गर्ने विधाका रूपमा बुझ्ने गरिन्छ । तर यस सङ्ग्रहका गजलहरूले गजल प्रेम र विरहमा मात्र सीमित हुँदैन, यसले युगीन चेतना, सामाजिक यथार्थ, […]