हजुरआमाको खुलापत्र नातिनीलाई !

२०८२ कात्तिक १०, छठपर्व भरतपुर–१२, चितवन प्रिय नातिनी विदुषी, साउँको भन्दा ब्याजको माया भनेझैं, हामीले तिमीलाई यति धेरै माया दियौं कि त्यो मायालाई शब्दमा बयान गर्ने मेरो सामर्थ्य छैन । मैले मात्र किन हुन्थेँ र ? सबै हजुरआमाले आफ्ना नातिनीलाई त्यस्तै माया गर्नुहुन्छ सायद । सबैले आफ्ना अधुरा सपनाहरू आफ्नी नातिनीले पूरा गरेको देख्न चाहन्छन् […]