देवचुली डाँडा : पर्यटकलाई पर्खिरहेको प्राकृतिक उपहार

नवलपरासी, २८ कात्तिक । समुद्र सतहदेखि करिब १ हजार ९३६ मिटरको उचाइमा रहेको देवचुली डाँडा नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट नवलपुरका विभिन्न भूभागका साथै तनहुँ, पाल्पा, कास्की र चितवनका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्त्वका दृष्टिले देवचुली डाँडा विशेष आकर्षणको केन्द्र हो […]