भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

काठमाडौं, २ मङ्सिर । नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) […]