असहाय तथा अभिभावकविहीन बालबालिकाको संरक्षण सबैको साझा दायित्व : मुख्यमन्त्री थापा

मकवानपुर, ८ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आश्रित बालबालिकासँग भेटघाट गर्दै दसैँको शुभकामना आदानप्रदान गर्नुभएको हो । मुख्यमन्त्री थापाले बाल सेवाघरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी […]