प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन् । उनी आज शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ । उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।
बागमती प्रदेशमा ६ मन्त्री नियुक्त, दुई मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा

मकवानपुर, ५ भदौ । बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ६ मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सत्तारूढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मुख्यमन्त्री […]