आरम्भ कलेजको ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ सम्पन्न

चितवन । आरम्भ कलेज, भरतपुरले विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ सम्पन्न भएको छ । शनिबार मौलाकालिस्थित इला रिसोर्टमा सम्पन्न कार्यक्रममा वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना, स्टार्टअप तथा उद्यमशीलताको मनोविज्ञान, रणनीतिक व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि र सार्वजनिक रूपमा बोल्ने कलालगायत विषयमा विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो […]