मुख्यमन्त्री बानियाँको सहयोगमा चेपाङ परिवारलाई घर

मकवानपुर, ६ पुस । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४ धुसर लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्नको रुपमा पहिचान गरी उनीहरुको घर निर्माण गर्न मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेको थियो […]
पत्रकारितामा देखिएका विकृति सुधार्न नेतृत्वमा आएको हुँ : अध्यक्ष आचार्य

चितवन, ६ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्न कै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ। प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो । “पत्रकारिता […]
एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार

राप्ती, ६ पुस । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको थ्री एन्जल्स नेपाल चितवन शाखाले एक वर्षदेखि वेपत्ता रहेकी एक किशोरीको उद्धार गरेको छ । कालिका नगरपालिका स्थायी ठेगाना भएकी १८ वर्षीया अस्मिता (नाम परिवर्तन) एक वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन अवस्थामा थिइन् । गत बिहीबार थ्री एन्जल्स नेपाल चितवन शाखाले उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको हो […]
भरतपुर मेयर कप बुद्धिचाल सम्पन्न, ड्रिम्सका सत्यम शर्मा प्रथम

भरतपुर, ६ पुस । भरतपुर मेयर कप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर महानगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । दुई दिन चलेको प्रतियोगितामा ड्रिम्स स्कुलका सत्यम शर्मा प्रथम भएका छन् । उनले ट्रफीसहित १२ हजार रुपैयाँ प्राप्त गरेका छन् । वीरेन्द्र बहुमुखी क्याम्पसका कृष्णप्रसाद तिवारी दोस्रो हुँदा नारायणी मोडलका युगपुरुष घिमिरेले […]