क्हेचो गाउँमा घरवास सञ्चालनसम्बन्धी तालिम

गोरखा, २ पुस । अजिरकोट गाउँपालिका वडा नम्बर – १ स्थित क्हेचो (घ्याच्चोक) गाउँमा ‘अतिथि सत्कार, घरवास पर्यटन तथा लज व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गतको दीगो पर्यटन परियोजना (एसटिपी) तथा टानले अजिरकोट गाउँपालिकासँगको समन्वयमा दीगो पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने लक्ष्यसहित पाँच दिने तालिम सञ्चालन गरेको […]

पौडेलको स्मृतिमा गुरुकुलमा स्वास्थ्य परीक्षण र सामग्री वितरण

भरतपुर, २ पुस । शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठान चितवनले स्व. शिवप्रसाद पौडेलको स्मृतिमा श्री बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ संस्कृत गुरुकुलका ८२ जना छात्रलाई स्वास्थ्य परीक्षण तथा सामग्री वितरण गरेको छ । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले छात्रलाई ब्याग र कपडा हस्तान्तरण गर्नुभयो । उहाँले प्रतिष्ठानले […]

एक्सपर्ट स्टडी फेस्टमा वैदेशिक अध्ययनको जानकारी

भरतपुर, २ पुस । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले बुधबार आयोजना गरेको शैक्षिक मेला ‘ग्लोबल स्टडी फेस्टः क्यानडा–न्युजिल्याण्ड’ मा विद्यार्थीको घुइँचो लागेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेसक्याम्पमा गरिएको मेलामा विद्यार्थीहरुको दिनभर भीड लागेको थियो । फेस्टमा क्यानडा र न्युजिल्याण्डका डेढ दर्जन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएको एक्सपर्टका बिजनेस डेभलपमेन्ट […]

काव्य साँझ : ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए कवि लम्साल

काठमाडौँ, २ पुस । महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ । ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा डा लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् । कल्प महाकाव्य प्रकृति, संस्कृति र […]