शिक्षिकाको जन्मदिनमा विद्यार्थीलाई `मुना´ उपहार

चितवन, १५ मङ्सिर । चितवनमा एकजना शिक्षिकाले आफ्नो जन्मदिन विद्यार्थीसँग मनाएकी छन् । श्री आधारभूत विद्यालय वनकट्टा कालिका नगरपालिका पदमपुरकी शिक्षिका सुमित्रा गैरेले आफ्नो जन्मदिनको अवसरमा कक्षा ३ देखि ८ सम्मका सबै विद्यार्थीलाई बालपत्रिका `मुना´ उपलब्ध गराएकी छन् । मुना वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले शिक्षिका गैरेलाई खादा र फूलले सम्मान गरेका थिए । […]