भूपिनको निबन्धकृति ‘मध्यको उज्यालो’ लोकार्पण

गैंडाकोट, १६ कात्तिक । प्रसिद्ध निबन्धकार भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक भएको छ । अक्षर समूह चितवनले शनिबार गैंडाकोटमा आयोजना गरेको कृति लोकार्पण उत्सव कार्यक्रममा कृति सार्वजनिक गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डाक्टर एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल, सामना पहाड, भुपेन्द्र खड्का, लेखराम सापकोटा र विनोदबाबु रिजालले संयुक्तरूपमा कृति […]
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा, १६ कात्तिक । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना […]
रवीन्द्र मिश्रको कवितासङ्ग्रह ‘माथिको आदेश छ’ लोकार्पण

काठमाडौं, १६ कात्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेन–जी युवा अनि कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । ‘नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी लेखिएका छन्, उपन्यास लेखिएका होलान्, […]
उवासंघ चितवनको अध्यक्षमा युवा व्यवसायी पन्तले उम्मेदवारी दिने

भरतपुर, १६ कात्तिक । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष पदमा उम्मेदवारी दिने युवा व्यवसायी शिरीष पन्तले घोषणा गरेका छन् । संघको ५९औँ साधारणसभा तथा अधिवेशन आगामी पुसको तेस्रो सातातिर हुँदै छ । गएको अधिवेशनमा सुमनकुमार श्रेष्ठसँग अध्यक्षमा पराजित भएका पन्त यसपटक सशक्त युवा व्यवसायीको प्यानलसहित चुनाव लड्दै छन् । आफू निर्वाचित भएपछि संघमा महिला व्यवसायी, युवा […]