चितवनका तमू विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

भरतपुर, २८ असोज । चितवन घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका रोशन घलेले जिल्लाका तमू (गुरुङ) समुदायका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरेका छन् । एसटी मार्टिन कलेज सिड्नीका सिइओसमेत रहेका घलेले भरतपुरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा छात्रवृत्तिको जानकारी गराउँदै, प्रत्येक विद्यार्थीलाई रु १ लाखका दरले छात्रवृत्ति दिइने घोषणा गरेका हुन् । तमू ह्युल छोँज […]