हाम्रो मुख्य जिम्मेवारी : निष्पक्ष निर्वाचन र संविधानको रक्षा

नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू, जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं । हाम्रो प्रस्ताव […]
तीन मन्त्रीले लिए शपथ

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र […]
जेनजी आन्दोलन : चितवनमा ९८ संरचना ध्वस्त, एक जनाको मृत्यु

चितवन, ३० भदौ । जेनजी आन्दोलनका क्रममा चितवनमा मात्र ९८ वटा भवन संरचनाहरूमा क्षति पुगेको छ भने एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको प्रारम्भिक विवरणअनुसार प्रदर्शनकारीहरूले ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी घर तथा प्रतिष्ठान र ३ वटा पार्टी कार्यालय गरी कुल ९८ वटा संरचनामा तोडफोड र आगजनी गरेका छन् […]
रास्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना व्यक्त

काठमाडौँ, ३० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान […]