मकवानपुरमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा ५० जनाले गुमाए ज्यान
मकवानपुर, ६ साउन । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/०८२ मा भएका दुर्घटनामा ५० जनाको ज्यान गएको छ । गत वर्ष ४०७ वटा दुर्घटनामा ५० जनाकाे मृत्यु भएकाे, १६३ जना गम्भीर घाइते तथा ८०२ जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । गत आर्थिक वर्षमा १ हजार ७५ वटा मुद्धामा ९२८ जना अभियुक्त […]
`अनायास´ यात्रामा मकवानपुरगढीसम्म

• कमल सर, नारायणम् ! कता हुनुहुन्छ ? • नारायणम्। लौरी घोल । • घोलमा बाढी आएको छैन होला त ? आज पानी परेको छैन क्यारे । • हजुर, धमिलो हुने लक्षण पनि देखिएको छैन । आकाश निखर निलो छ । बाढी आएछ भने भनौँला । • हस् । यो सम्पूर्ण किताब नारायणगढका प्रोप्राइटर लेखराम […]
एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) को उम्मेदवारी घोषणा

अष्ट्रेलिया (सिड्नी), ६ साउन । गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) ले उम्मेदवारी घोषणा गरेका छन् । अस्ट्रेलियाको नेपाली समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटाले “स्थायित्व, रणनीति र सेवामूलक नेतृत्व” नाराका साथ उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “म NRNA Australia मा पारदर्शिता, […]
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

काठमाडौँ, ६ साउन । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको […]
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ को उत्कृष्ट १० कृतिको सूची सार्वजनिक

भरतपुर, ६ साउन । कविडाँडा साहित्य समाज चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ का लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उत्कृष्ट १० आख्यान कृतिको सूची सार्वजनिक गरेका हुन् । अध्यक्ष क्षेत्रीले बिज्ञप्तिमा लेखेका छन् : `प्रत्येक वर्ष अर्पण गरिने कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार – २०८१ का लागि […]
मेरो मानसपटलमा बीपी (सान्दाजु)

आज ४३ औं बीपी स्मृति दिवस । स्नेहपूर्वक ‘सान्दाजु’ भनेर सम्बोधन गरिने जननायक बीपी कोइरालालाई विशेष सम्झना गर्ने दिन । बीपी कोइरालाको जीवन, विचार, राजनीतिक दर्शन तथा दृष्टिकोण, पारिवारिक विरासत र ऐतिहासिक योगदानका साथै उहाँको साहित्यिक व्यक्तित्वको स्मरण र विश्लेषण गर्ने दिन पनि हो आजको दिन । बीपीले भन्नुभएको थियो- “म मरेपछि नेपाली कांग्रेसमा मेरो […]
एक्सपर्ट चितवनमा आज वर्ष कै ठुलो शैक्षिक मेला, ५० बढी युनिभर्सिटी भेट्न पाइने

चितवन, ६ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा आज मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन एक्सपो’ मा पाँच देशबाट ती युनिभर्सिटी तथा कलेजका प्रतिनिधि उपस्थिन हुने छन् । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त […]
बेलायतबाट आएका पूर्वविद्यार्थी कँडेलले दिए बालकुमारी माविका शिक्षकलाई तालिम

चितवन, ६ साउन । बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थी नरेन्द्र कँडेलले बेलायतबाट चितवन आएर सोही विद्यालयका शिक्षकहरूलाई शिक्षण सुधार सम्बन्धी तालिम दिएका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृध्दिका लागि कँडेलले तीन दिनसम्म शिक्षकहरूलाई बेलायती शिक्षा पध्दतिबारे जानकारी दिँदै कक्षामा गई शिक्षण अवलोकनसमेत गरे । उनले विद्यालयका शिक्षकहरूसँग मात्र नभई प्रधानाध्यापक, पूर्वप्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका […]