साहित्यकार रामहरि शर्मा शराहको निधन

गैंडाकोट, ३ साउन । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् भाषा – साहित्य विभाग प्रमुख रामहरि शर्मा अधिकारी शराहको निधन भएको छ । गैंडाकोट नगरपालिका – ११ भेँडाबारीस्थित निवास अगाडि सडक छेउमा उभिरहेकै अवस्थामा असार २६ गते बिहान स्कुटरले ठक्कर दिएर गम्भीर घाइते हुनुभएका शर्मालाई उपचारका लागि चितवन मेडिकल कलेज (सिएमसी) लगिएको थियो । […]

भरतपुरमा जुवातास खेलिरहेका १६ जना पक्राउ

भरतपुर, ३ साउन । चितवनका दुई स्थानबाट जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरूबाट ३८ हजार ९ सय रुपैयाँ नगद र १ बुक तास बरामद गरेको छ । त्यस्तै भरतपुर–२ क्षेत्रपुरस्थित […]

चितवनमा सम्मान गरियो डिआइजी अरूण पौडेललाई

चितवन, ३ साउन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई शनिबार चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालयले उक्त विद्यालयका पूर्वविद्यार्थी डिआइजी पौडेललाई सम्मानित गरेको हो । डिआइजी पौडेलले बालकुमारी माविबाट २०४७ सालमा एसएलसी दिएका थिए । २०५४ साल चैतबाट प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका डिआइजी […]

गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श

मकवानपुर, ३ साउन । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श कार्यक्रम गरिएको छ । गजल मञ्च मकवानपुरको २२६ औँ गजल यात्रा अन्तर्गत अनायास सङ्ग्रहको विमर्श गरिएको हो । मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा शनिबार साहित्य सङ्गम मकवानपुरको हलमा गरिएको कार्यक्रममा सङ्ग्रहमाथि बोल्दै युवा गजलकार विश्वनाथ सञ्जेलले रामकृष्णका गजलमा युवावयका कथाहरू […]