लायन्स क्लब अफ भरतपुरका अध्यक्ष मजाकोटीद्वारा अतिथिलाई मायाको चिनोस्वरुप किताब उपहार

भरतपुर, २९ असार । लायन्स क्लब अफ भरतपुर वर्ष २०२४/०२५ का अध्यक्ष सन्तोष मजाकोटीले आफ्नो कार्यकाल सम्पन्न गरी वर्ष २०२५/०२६ का अध्यक्ष लायन मनोज खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको छ । शनिबार होटल पौवा भरतपुरमा आयोजित कार्यक्रममा मजाकोटीले खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष लायन दीपककुमार राना, पूर्व अध्यक्ष तथा भरतपुर […]

आश्रित किशोरीमाथि बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ

मकवानपुर, २९ असार । कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् । सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) […]

कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

भरतपुर, २९ असार । चितवनमा कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर कभर्ड हलमा भएको मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि जिल्ला खेलकुद विकास समिति रामेछापले जितेको छ । रामेछापका सीताराम कार्की र विष्णु श्रेष्ठको जोडीले फाइनलमा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशका झलकराम अधिकारी र सूर्य दाहालको जोडीलाई पराजित गरेको हो […]

कविद्वय तुलसी दिवस र गोविन्दराज विनोदीलाई रथारोहण

काठमाडौँ, २९ असार । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती । भानुको सम्झनामा देश तथा विदेशमा विभिन्न कार्यक्रम भइरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाडौंमा प्रभात फेरी गर्नुका साथै दुई साहित्यकारको रथारोहण गराएको छ । कविद्वय तुलसी दिवस र गोविन्दराज विनोदीको रथारोहण भएको हो । कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी […]

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुँदालीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो । लु-प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन […]