स्याङ्जाली स्रष्टा लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित

काठमाडौँ, १६ जेठ । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो । पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः पश्चिमनेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्य तथा माओवादी […]

कोष्टाव्लाङ्कामा राहदानी घुम्ती शिविर

विप्लव काफ्ले  स्पेन, १६ जेठ । जुन महिनाको दोस्रो हप्ता कोष्टाव्लाङ्का क्षेत्रमा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ । नेपाली राजदूतावास, म्याड्रीड स्पेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले शिविर सञ्चालन गर्न संयुक्त रुपमा अनुरोध गरेका छन् । राहदानी घुम्ती शिविरको माग गर्दै दुवै संस्थाले दूतावासमा निवेदन बुझाएका छन् […]

महिनावारी स्वच्छताका लागि ३९२ साइकल यात्रीको सचेतनामूलक र्‍याली

काठमाडौँ, १६ जेठ । एघारौँ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर ३९२ जना साइकलयात्रीले सचेतनामूलक साइकल र्‍याली गरेका छन् । महिनावारी स्वच्छताका लागि ‍काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्‍यालीमा ३ सय ५२ जना महिलासहित ३ सय ९२ जना साइकल यात्रीले काठमाडौँ – भक्तपुर – ललितपुर साइकल यात्रा गरेका हुन् । साइकल र्‍यालीको […]

चितवन कांँग्रेसको न्यूज पोर्टल ’सान्दाजुन्यूज डटकमको शुभारम्भ

चितवन, १६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांँग्रेस चितवनले आफ्नो न्यूज पोर्टल डब्लुडब्लुडब्लु डट सान्दाजुन्यूज डटकम शुभारम्भ गरेको छ । बिहीबार भरतपुरमा एक कार्यक्रमका बीच नेपाली कांँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पोर्टलको उद्धघाटन गर्नुभयो । उद्धघाटन पछि बोल्दै डा. रिजालले कांँग्रेसको यो न्यूज पोर्टलले पार्टीका गतिविधि तथा कार्यक्रमलाई हरेक […]

चितवनमा खुल्यो फेबर प्लाटिनम स्टुडियो

चितवन, १६ जेठ । चितवनमा फेबर प्लाटिनम स्टुडियो शुभारम्भ भएको छ । बिहीबार एक कार्यक्रमकाबीच पारस बसपार्क भरतपुरमा रहेको फेबर प्लाटिनम स्टुडियोको शुभारम्भ गरिएको हो । शो रुमको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्नुभयो । सो क्रममा वडाध्यक्ष खनालले फेबर अहिलेको समय सापेक्ष उत्पादन भएको बताउनुभयो । उहाँले शो रुमको सफलताको कामना […]

Sampurna Kitab Library