कोष्टाव्लाङ्कामा राहदानी घुम्ती शिविर

विप्लव काफ्ले 

स्पेन, १६ जेठ ।
जुन महिनाको दोस्रो हप्ता कोष्टाव्लाङ्का क्षेत्रमा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ । नेपाली राजदूतावास, म्याड्रीड स्पेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले शिविर सञ्चालन गर्न संयुक्त रुपमा अनुरोध गरेका छन् ।

राहदानी घुम्ती शिविरको माग गर्दै दुवै संस्थाले दूतावासमा निवेदन बुझाएका छन् । एनआरएनए स्पेनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रोशन पाठक, केन्द्रीय उपमहासचिव केशवराज कँडेल, समाजका सचिव असिम लोप्चनले निवेदन दूतावासका प्रतिनिधि लक्ष्मण शर्मालाई पत्र बुझाएका छन् ।

ओहोदाको प्रमाणपत्र बुझ्न माल्टा पुगेका राजदूत शनिल नेपालसँग टोलिले फोन संवाद गरेको थियो । छलफलमा जुन दोस्रो हप्ता शिविर गर्न सकिने राजदूतले बताएका थिए । नवीकरण तथा नयाँ राहदानी बनाउन चाहनेहरुका लागि शिविर महत्त्वपूर्ण हुने देखिन्छ । उपमहासचिव कँडेलले घुम्ती शिविरको माग अधिक रहेकाले दूतावासलाई जानकारी गराइएको बताए । ´शिविर जुन दोस्रो साता हुने गरि मिति तय हुदैछ`, उनले भने, ´सबैतिरबाट आवेदकहरुको नाम, नम्बर संकलन गर्नछौँ, सहजरुपमा आवेदन दिने वातावरण बनाउनेछौँ ।´

नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केसरबहादुर थापाले कोष्टाव्लाङ्का क्षेत्र तथा पायक पर्ने क्षेत्रमा बस्ने नेपालीहरु लाभान्वित हुने बताए । एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष सुरेश आचार्यले शिविरका लागि दूतावाससँग निरन्तर पहल भैरहेको बताए ।  म्याड्रीड पुगेर आवेदन दिन लामो दूरी यात्रा गर्नुपर्ने तथा जान-आउन धेरै खर्च गर्नुपर्ने बाध्यतामा रहेका नेपालीलाई शिविर निकै फलदायी हुने देखिन्छ ।

समाजका महासचिव विजय कुँवरले शिविरलाई सफल पार्दै दूतावासलाई सघाउन एनआरएनए र नेपाल समाज सक्रिय बनेको बताए । सचिव असिल लोप्चनले एनआरएनए कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसनका पदाधिकारीलाई अनलाइन मार्फत नाम-नम्बर टिपोट गराउन अनुरोध गरे । दुवै संस्थाका अफिसियल पेज तथा ग्रुपमा समेत नामावली टिपोट गराउन सकिने बताए ।

प्रारम्भिक तथ्यांक संकलन लगतै घुम्ती शिविरको मिति र स्थान निर्धारण गरिने बताए । उनका अनुसार बेनिड्रोममा शिविर हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट