अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

भरतपुर, १५ वैशाख । जापानको ओसाका शहरमा भएको २१ औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अर्किड माविका छात्र सफल लामाले स्वर्ण पदक प्राप्त गरेका छन् । वैशाख १२, १३ र १४ गते आयोजना भएको १४ वर्ष उमेर समूहको पुम्सेतर्फ सफल लामाले स्वर्ण पदक प्राप्त गरेका हुन् । प्रेरणा तेक्वान्दो डोजाङ समूहबाट सहभागी सफल लामासँगै योगेश […]

गोहीको गुँडबाट अण्डा संकलन थालियो

चितवन, १५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा संकलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा संकलन सुरु गर्न लागिएको हो । राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । […]