हेटौंडामा अनुपम घलान स्मृति फुटबल प्रतियोगिता हुने

मकवानपुर, २५ माघ । हेटौंडामा अण्डर १६ फुटबल प्रतियोगिता हुने भएकाे छ । गत असोजको अविरल वर्षाको कारण आएको पहिरोमा पुरिएर मृत्युु भएका प्रशिक्षार्थी खेलाडी अनुपम घलान स्मृति अन्डर १६ फुटबल प्रतियोगिता २०८१ हुने भएकाे हाे । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा प्रतियोगिता हुने नगर खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएकाे […]

चित्र बिक्रीबाट उठेको रकम कवि विनोदीको उपचारमा खर्च गरिने

गैँडाकोट, २५ माघ । सन्तकवि एवं चित्रकार गोविन्दराज विनोदीका कवितामाथि कोरिएका चित्रहरूको सामूहिक प्रदर्शनी ‘सह-सम्बन्ध’ को शुक्रबार समापन गरिएको छ । प्रदर्शनी माघ १५ गतेबाट सुरू भएको थियो । गैंडाकोट-५ स्थित जानकी ग्यालरीमा आयोजित प्रदर्शनीमा ४४ जना चित्रकारका ५५ वटा सिर्जना राखिएका थिए । यीमध्ये ४१ वटा चित्र बिक्री भई ९ लाख ९२ हजार रूपैयाँ […]

भरतपुर अस्पतालमा अब बिरामी कुरुवालाई पनि निःशुल्क खाना

चितवन, २५ माघ । भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै आएको बताएको छ । अस्पतालको यस्तो निर्णयले टाढाटाढाबाट आएका विपन्न बिरामीलाई राहत पुग्ने अस्पतालले विश्वास लिएको छ ।