देवघाटधाममा कवि शिरोमणि व्यक्तिवृत्त काव्यपाठ आयोजना

भरतपुर, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा छन्द-काव्य प्रतिष्ठान नेपाल तथा पौडेल वंश महासंघ र आत्रेय गोत्र पैडेलवंश अनुसन्धान प्रतिष्ठानको सहआयोजनमा देवघाटधामको पौडेल वंश परिसरमा शिरोमणि व्यक्तिवृत्त काव्यपाठ आयोजना गरिएको छ । अध्यक्ष लकाश पौडेलको अध्यक्षता, आत्रेय गोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पौडेलबाट स्वागत र पौडेल वंश महासंघ चितवनका […]
बाघको आक्रमणबाट महिलाको मृत्यु

मकवानपुर, १५ पुस । मनहरी गाउँपालिका–५ मा बाघले आक्रमण गरेर एक जना महिला र आधा दर्जनभन्दा बढी बाख्रा मारेकाे छ । आइतबार घाँस काट्न बारीमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बाकाे बाघको आक्रमणबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाँस काट्न गएकी रुम्बा लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्दा शव भेटिएको थियो […]
चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार रमेश प्रभातको `अलिकति फरक कुरा´लाई प्रदान

भरतपुर, १५ पुस । समालोचक रमेश प्रभात पुरस्कृत हुनुभएको छ । चितवन साहित्य परिषद्ले कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा `चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार २०८०´ बाट समालोचक प्रभातको कृति `अलिकति फरक कुरा´लाई पुरस्कृत गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी प्रभात ४० को दशकदेखि हाइकू, गजल, कविता तथा समालाेचना […]
अब थपिने भनेको उमेरै त हो, रमेशजी !

साथी रमेश, तिमी रमेशकुमार श्रेष्ठबाट कसरी एकाएक रमेश प्रभात बन्यौ ? तिमीले किन नामबाट थरको पुच्छर हटाएर अर्कै नाम झुन्ड्यायौ ? अर्थात् उपनाम किन राख्यौ ? किन आफ्नो नेवार पहिचानलाई साहित्यको माध्यमबाट चिनाउन चाहेनौ ? यी प्रश्न मेरा मात्र होइनन् है । त्यसो त यी प्रश्नको उत्तर रमेशले बेलाबेलामा दिने गरेका छन् । उनी भन्छन् […]
नौ बुँदे घोषणा पत्र जारी गर्दै सकियो उद्योग व्यवसायीको राष्ट्रिय भेला

गैँडाकोट, १५ पुस । नौ बुँदे नवलपुर चितवन घोषणपत्र जारी गर्दै नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तार बैठक सम्पन्न भएको छ । दुई दिनसम्म नवलपुरको गैँडाकोटमा बसेको महासङ्घको विस्तार भेलाले वर्तमान समयमा उद्योग क्षेत्रमा देखिएका विभिन्न बुँदाहरु समेट्दै घोषणापत्र जारी गरेको हो । केन्द्रीय भेला संयोजक डाक्टर तिलचन्द्र भट्टराईले यहाँको भृकुटी कागज कारखानालगायत बन्द […]