मानव-वन्यजन्तु द्वन्द्व र जुनोटिक रोगबारे बहस

चितवन, २० मङ्सिर । पर्यटकीय क्षेत्र सौराहामा बिहीबार सञ्चारकर्मीहरुमाझ मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोगबारे बहस गरिएको छ । युएसएआइडीको सहयोगमा स्वास्थ्य लाइभले कार्यक्रमको आयोजना गरेको हो । ‘मानव–वन्यजन्तु द्वन्द्वबारे अन्तरक्रिया र जुनोटिक रोग एवं एक स्वास्थ्य अवधारणा’ विषयक कार्यशालाको उद्घाटन सत्रको प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना रहेका थिए […]
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

भरतपुर, २० मङ्सिर । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी […]
अभिनेत्री गिरीले थालिन् लक्जरी होम सलून

काठमाडौँ, २० मंसिर । नेपाली तथा भोजपुरी फिल्महरूमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरुले उक्त होम सलूनको कार्यालयको रिबन काटेर समुद्घाटन गरेका हुन् । काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको […]
त्रिवेणी सूर्यभक्त – पतनादेवी वाङ्ममय पुरस्कारबाट तुलसी भट्टराई सम्मानित

गैंडाकोट, २० मङ्सिर । त्रिवेणी सूर्यभक्त – पतनादेवी वाङ्ममय पुरस्कार- २०८१ बाट साहित्यकार डाक्टर तुलसी भट्टराईलाई सम्मान गरिएको छ । बिहीबार गैंडाकोट नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राडा चूडामणि बन्धु र गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले भट्टराईलाई सम्मान अर्पण गरेका हुन् । सम्मान कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले सम्मानित स्रस्टाका बारेमा चर्चा गर्दै […]
स्वरसम्राटको ३४औँ स्मृति दिवसमा तीन श्रष्टालाई सम्मान

काठमाडौँ, २० मङ्सिर । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र […]
रविलाई रातारात पोखरा पुर्याइयो

भरतपुर, २० मङ्सिर । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार राति पोखरा लगिएको छ । चितवनमा बुधबार बयान सकिएपछि उनलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको हो । गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई चितवनबाट मध्यराति ३:३० बजे पोखरा पुर्याइएको प्रहरी स्रोतले जनाएको छ । […]
सनराइज इङ्ग्लिस स्कुलमा विभिन्न स्टुडेन्ट क्लव

भरतपुर, २० मङ्सिर । सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुल, भरतपुरमा यही मङ्सिर १९ गते एकै दिनमा +२ तर्फ अध्ययनरत विद्यार्थीका विभिन्न ६ वटा क्लवहरु गठन गरिएका छन् । विज्ञानतर्फ कम्प्युटर विज्ञान र जीवविज्ञान तथा व्यवस्थापनतर्फ कम्प्युटर तथा होटल म्यानेजमेन्ट विषयको पढाइ हुने उक्त संस्थामा भाषा–साहित्यसँग सम्बन्धित ‘लिटररी लुमिनरी क्लव’ बनेको छ । उक्त क्लवको अध्यक्षमा रञ्जित […]