मकवानपुरको मतगणना आजै

मकवानपुर, १६ मङ्सिर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदकाे लागि भएकाे उपनिर्वाचनकाे मतगणना राति ९ बजेबाट गरिने भएको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानको मतगणना राति ९ बजेदेखि गर्ने सर्वदलीय निर्णय भएकाे हाे । हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयको सवालमा मतगणना गरिने छ । पहिलो चरणमा एक […]

लागुऔषध गाँजासहित ट्रक र चालक नियन्त्रणमा

मकवानपुर, १६ मङ्सिर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–९, ज्यामिरेबाट ५६ किलो गाजाँसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९, ज्यामिरेमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको कन्टेनर ट्रकलाई जाँच गर्ने क्रममा […]

नीर शाहलाई एक लाख रुपैयाँको पुरस्कार

काठमाडौं, १६ मङ्सिर । यस वर्षको ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ कलाकार नीर शाहलाई प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त पुरस्कार शाहलाई प्रदान गरिने जानकारी दिएको हो । प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशीको पुरस्कार गीतकार नीर शाहलाई प्रदान गरिने निर्णय […]

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले जित्यो एक लाख पुरस्कार

काठमाडौं, १६ मङ्सिर । बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले […]

भूपिनको थाप्लोमाथि ताकिएको त्यो लौरो

“कवि नभएको भए मेरो आत्माको एउटा बन्द ढोका जीवनभरि कहिल्यै खुल्ने थिएन मेरो आँखा हजारौं सपनाहरू जेल बस्ने पागलखाना बन्ने थियो मेरो हृदयमा प्रेमको धून यसरी बज्ने थिएन मेरो खुट्टामा यात्राको यति लामो नदी बग्ने थिएन ।” – भूपिन, ‘कवि नभएको भए’ आरम्भमा कविकुनाको धूमिल प्रसङ्ग वि.सं. २०६३ मा नेपालमा लोकतन्त्र आएपछि देशमा धेरै कुरा […]