रत्ननगरमा समसामयिक गजलवाचन कार्यक्रम

रत्ननगर, १५ मङ्सिर । रत्ननगरमा समसामयिक गजलवाचन कार्यक्रम गरिएको छ । गजल मञ्च चितवनसँगको सहकार्यमा रत्ननगर वाङ्मय प्रतिष्ठानले शनिबार समसामयिक गजलवाचन कार्यक्रम आयोजना गरेको हो । रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा थुप्रै स्रस्टाले समसामयिक विषयमा लेखिएका गजल वाचन गरेका थिए । पूर्वीचितवनमा पहिलोपटक एउटै कार्यक्रममा धेरै स्रस्टाले गजल सुनाएको कार्यक्रम संयोजक एवम् मञ्चका उपाध्यक्ष कमल […]

एनपिएल : विराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात

काठमाडौं, १५ मङ्सिर । विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको […]

स्थानीय तह उपनिर्वाचनको तयारी पूरा

मकवानपुर, १५ मङ्सिर । भोलि मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि हुने मतदानका लागि मतदान स्थल र मतदान केन्द्र निर्माणको तयारी सकिएकाे आयोगले जनाएकाे छ । यसैगरी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनको तयारी पूरा भएको छ ।  हेटौंडा–१२ मा एक वडाध्यक्ष पदका लागि आइतबार […]

चितवनमा अचेत अवस्थामा फेला परेका ३ जनाको मृत्यु

चितवन, १५ मङ्सिर । जिल्लाका विभिन्न ठाउँमा अचेत अवस्थामा फेला परेका ३ जनाको मृत्यु भएको छ । अचेत अबस्थामा भेटिएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१, रामनगरको दुई नम्बर टोलमा अचेत अवस्थामा फेला परेका ४२ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको छ । शनिबार बिहान नेपाली आफ्नै […]

राष्ट्रिय माध्यमिक विद्यालय चौकीडाँडाको नवनिर्मित भवन उद्घाटन

चितवन, १५ मङ्सिर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शनिबार एक समारोहबिच भरतपुर–२९, चौकीडाँडास्थित राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेकी छन् । भवन उद्घाटन कार्यक्रममा रिबन काटेपछि शिलालेख अनावरण गरेर मेयर दाहालले विद्यालय भवन उद्घाटन गरेकी हुन् । कार्यक्रमकी प्रमुख अतिथि मेयर दाहालले २९ नम्बर वडा भरतपुर महानगरको महत्वपूर्ण सम्पति भएको बताइन् । ‘यसलाई […]

चितवन र नवलपरासीका विभिन्न स्थानमा रोट्रयाक्ट क्लबले रक्तदान कार्यक्रम गर्ने

भरतपुर, १५ मङ्सिर । चितवन र नवलपरासीका विभिन्न स्थानमा रोट्रयाक्ट क्लवहरुले रक्तदान कार्यक्रम गर्ने भएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजनामा कार्यक्रम हुन लागेको हो । मंसिर १६ गते आइतबार भरतपुरको चौबिसकोठी र रत्ननगरको टाँडीमा रहेको ॐ साइराम पोलिक्लिक अगाडि रक्तदान हुने आयोजकले जनाएको छ । दुबै स्थानमा बिहान ७ बजेबाट रक्तदान कार्यक्रम हुने […]

बौदीकाली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डेढगाउँ प्रथम

देवचुली, १५ मङ्सिर । बौदीकाली गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डेढगाउँ माध्यमिक विद्यालय प्रथम भएको छ । बौदीकाली गाउँपालिकाको आयोजना तथा धर्मात्मा माध्यमिक विद्यालयको संयोजनमा मंसिर १२ गतेदेखि १४ गतेसम्म सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड(अन्तर विद्यालय स्तरीय खेलकुद) प्रतियोगितामा डेढगाउँ प्रथम भएको हो । डेढगाउँ माध्यमिक विद्यालयले १० स्वर्ण, १ रजत र ७ कास्यसहित प्रथम […]

अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रवेश

देवचुली, १५ मङ्सिर । देवचुली नगरपालिका – १० मा जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदीप युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा अभिषेक चर्च रजहर र देशभक्त फुटबल क्लबबिच शुक्रबार भएको क्वाटर फाइनल खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो । अभिषेक चर्च रजहरले देशभक्त फुटबल क्लबलाई ३-२ […]

सोभित शाह बने अर्किड गायन स्टार

भरतपुर १५, मङ्सिर । अर्किड मावि भरतपुरद्वारा आयोजित अर्किड गायन स्टार -२०८१ को उपाधि सोभित शाहले जितेका छन् ।यससँगै अनिष्का थापा, सुदृष्टि अधिकारी, एलिना डि महतो क्रमशः फर्स्ट रनरअप, सेकेन्ड रनर अप र थर्ड रनरअप भएका छन् । कार्यक्रममा सेरेल न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेको छिन् । गीत र संगीतमा कलिला प्रतिभालाई स्थान दिने उद्देश्यले […]