रक्तदानका क्षेत्रमा नेपालमै पहिलो उत्प्रेरणा पुरस्कार घोषणा

भरतपुर, ५ असोज रक्तदानका क्षेत्रमा लामो समयदेखि सक्रिय रक्त अभियन्ता तथा ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना पिताको स्मृतिमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा `रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार´ घोषणा गरेका छन् । भरतपुरको चौविसकोठीमा आफ्ना स्वर्गीय पिता खिमानन्द न्यौपानेको प्रथम स्मृति दिवसका सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अभियन्ता न्यौपानेले एक लाख रुपैयाँको […]

चितवन गोल्डकपमा बुटवल लुम्बिनीको जित

भरतपुर, ५ असोज । जोन ग्लोरीले दुई गोल गरेपछि गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा शनिबार भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २–० गोलले पराजित गरेको हो । उसको जितमा जोन ग्लोरी नायक बने । दुबै गोल उनले नै गरेका हुन् । खेलमा […]

रोटरी गैंडाकोटबाट कारागारमा पुस्तक हस्तान्तरण

भरतपुर, ५ असोज । रोटरी क्लब अफ गैंडाकोटको आयोजनामा कारागार कार्यालय भरतपुर चितवनका कैदबन्दीहरुका लागि पुस्तक हस्तान्तरण कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा कानुन साहित्य र सकरात्मक सोच अभिवृद्धि गर्ने किसिमका १ सय ५० वटाभन्दा बढी पुस्तक हस्तान्तरण गरिएको थियो । सो कार्यक्रमका लागि बिभिन्न ब्यक्तिहरुले पुस्तक सहयोग गरेका थिए । कारागारमा रहनु […]

महालक्ष्मी साहित्य पुरस्कार मकवानपुरकी मुनालाई

मकवानपुर, ५ असोज । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्तरुपमा दिने महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमबिच अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो । अर्याललाई समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने तथा महालक्ष्मी विकास बैंकका क्षेत्रीय […]

जगतपुर फुटबल क्लब फाइनलमा प्रवेश

देवचुली, ५ असोज । कावासोती १२ मा सञ्चालित सेन्ट्रल कलेज चौथो जितिया कप महिला फुटबल प्रतियोगिता शनिबार जगतपुर फुटबल क्लब विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा शनिबार जगतपुर फुटबल क्लबका विरुद्ध रोड्स रामपुरबिच भएको खेलमा जगतपुर फुटबल क्लब विजयी भएको हो […]

गैंडाकोटका मेयर अधिकारीद्वारा सूर्यभक्त पतनादेवी स्मृति वाङमय पुरस्कार स्थापना

गैंडाकोट, ५ असोज । गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आफ्ना बुबाआमाको स्मृतिमा सूर्यभक्त पतनादेवी स्मृति वाङमय पुरस्कार स्थापनाको घोषणा गरेका छन् । साहित्य र पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्ने स्रष्टालाई प्रत्येक वर्ष मंसिर २० गते प्रदान गर्नेगरी पुरस्कारको स्थापना भएको छ । मूल कोष ५ लाख रहेको पुरस्कार हरेक वर्ष ३३,३३३- रुपैयाँ राशि र सम्मानपत्रले […]

कवि यश लामाको `बहिष्कृत आवाज´ सार्वजनिक

मकवानपुर, ५ असोज । कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ शनिबार हेटौंडामा सार्वजनिक भएको छ । बहिष्कृत आवाजलाई सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा रामजी रामले सार्वजनिक गरेका हुन् । हेटौंडामा बहिष्कृत आवाज विमाेचन, वाचन र विमर्श कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएकाे हाे । लामाले १० […]

हेमन्त शर्माको दशैं गीत युट्युबको ट्रेन्डिङमा

भरतपुर, ५ असोज । गायक हेमन्त शर्माको दशैं गीत “आउँथ्यो दशैं” युट्युब ट्रन्डिङमा परेको छ । गत बुधबार (असोज २ गते) गायक शर्माको युट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीत शनिबारसम्म आइपुग्दा ट्रेन्डिङमा छैटौ स्थानमा उक्लिएको हो । युट्युबमा उक्त गीतको म्युजिक भिडियो हालसम्म ६ लाख बढीले हेरिसकेका छन् । गीतको शब्द र संगीत गायक शर्माकै […]

नवदुर्गा भवानी साकोसद्वारा आधारभूत कृषि तालिम

भरतपुर, ५ असोज । नवदु‌र्गा भवानी बचत तथा ऋण सहकारी संस्था र भरतपुर महानगरपालिका वडा नम्बर -५ को आयोजनामा आधारभूत कृषि तालिम दिइएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्यनरत विद्यार्थीको समूहले तालिममा सहभागीका लागि कृषि तथा पशुपालन आधारभूत तालिमको सहजीकरण गरेका थिए । नवदु‌र्गा भवानी वचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई […]