ब्रिज कन्सल्टेन्सीको शाखा चितवनमा पनि

भरतपुर, ३१ साउन । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्तरुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे । समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष […]

धारामा चिप्लिएर सापकोटाको मृत्यु

चितवन, ३१ साउन । चिप्लिएर लड्दा भरतपुरमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ वर्षीय मुक्तिनाथ सापकोटा रहेका छन् । बुधबार बेलुका ८ बजेतिर धारामा हात धुन जाने क्रममा चिप्लिएर लड्दा घाईते भएका सापकोटालाई उपचारकाे लागि चितवन मेडिकल कलेज लगिएकाे थियाे । उनकाे उपचारकाे क्रममा बुधबार राति […]

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर, ३१ साउन । मकवानपुरकाे कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । कैलाश –५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मङ्गलबहादुर पाख्रिनलाई श्रीमती हत्याकाे आरोपमा मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे । २८ साउनमा मङ्गलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्यागरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका […]