एक्सपर्ट चितवनले मनायो एक्काइसौँ वार्षिकोत्सव

चितवन, २४ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । बिहीबार एक्सपर्ट बेस क्याम्प भरतपुरमा विभिन्न विधाको पुरस्कार वितरणको साथै केक काटेर वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय÷कलेज फुटसल फेस्टाका विजेता, उपविजेता, सेमीफाइनलमा पुगेका २ टिम, भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट लिगको […]
बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

बिबिसी नेपाली अनलाइनबाट । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो । उनले देशका राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनको मन्त्रिपरिषद्मा १६ जना सदस्यहरू हुनेछन् । त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो । सेनाको समर्थनमा […]
सेन्ट्रल कलेजले वार्षिकोत्सव मनाउँदै

चितवन, २४ साउन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउनेव भएको छ । कलेजले १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार विविध कार्यक्रम आयोजना गरिएको छ । बिहीबार सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । शुक्रबार भरतपुर ओरालोस्थित कलेजको भवन सेन्ट्रल टावरमा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ […]
उमादेवी र समीक्षाको “छोरो बन्न मन छ” तीज गीत सार्वजनिक (भिडियो सहित)

भरतपुर, २४ साउन । गायिकाद्वय उमादेवी खनाल र समीक्षा अधिकारीको स्वर रहेको “छोरो बन्न मन छ” बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका खनालले आफ्नो युट्युब च्यानलमार्फत् उक्त गीतको गीति भिडियो सार्वजनिक गरेकी हुन् । गीतको रचना गायिका खनालले गरेकी हुन् भने संगीत पनि आफैँले भरेकी हुन् । गीतको भिडियोमा गायिका खनालसँगै सृष्टि वाग्ले, […]
विकट क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच आवश्यक

मकवानपुर, २४ साउन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विकट क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने बताएका छन् । सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अनुदान मार्फत् निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बिहीबार मन्त्री थापाले उक्त कुरा बताएका हुन् । ‘नागरिकहरुको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय […]
एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४ बाट कायाकैरन दैनिकका प्रधान सम्पादक कँडेल सम्मानित

भरतपुर, २४ साउन । चितवनमा रहेर अढाइ दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित भएका छन् । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवका अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४´ बाट कँडेललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसका अध्यक्ष घननाथ अर्याल र […]