मदन पुरस्कार- २०८० का लागि ५ वटा पुस्तकको सूची सार्वजनिक

भरतपुर, ८ साउन । यसवर्ष (विसं २०८०) को मदन पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन् । मदन पुरस्कार गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्येबाट ५ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । दीक्षितले मंगलबार छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । ती ५ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई […]

बागमतीको मुख्यमन्त्रीमा काँग्रेसका लामा नियुक्त

मकवानपुर, ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् । नेपाली काँग्रेसकोतर्फबाट पहिलो मुख्यमन्त्री भएका लामा प्रदेशको पाँचौँ मुख्यमन्त्री हुन् । गत असार २४ गते नेकपा एमाले […]

मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता तामाङद्वारा दावी पेस

मकवानपुर, ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् […]

`टोलटोलमा पुस्तकालय´ अभियानको संयोजकमा साहित्यकार घिमिरे नियुक्त

भरतपुर, ८ साउन । जय नेपाल इन्टरनेशनल फाउण्डेशन अन्तर्राष्ट्रिय समितिको हालै सम्पन्न बैठकद्वारा `टोलटोलमा पुस्तकालय´ अभियानको संयोजकमा लेखक तथा अनुवादक सुभाष घिमिरेलाई नियुक्त गरिएको छ । संयोजक घिमिरेका अनुसार पानी नपस्ने गरी काठ र सिसाको प्रयोग गरी बनाइने उक्त सानो निःशुल्क पुस्तकालयमा निम्नलिखित सन्देश भएको सूचना टाँसिनेछ । Little Free Library Take a Book, Leave […]