बागमतीको मुख्यमन्त्रीमा काँग्रेसका लामा नियुक्त

मकवानपुर, ८ साउन ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् । नेपाली काँग्रेसकोतर्फबाट पहिलो मुख्यमन्त्री भएका लामा प्रदेशको पाँचौँ मुख्यमन्त्री हुन् ।

गत असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिए पछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते प्रदेश प्रमुख समक्ष राजीनामा दिएका थिए ।

सो लगतै प्रदेश प्रमुख शर्माले २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनको लागि साउन ८ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । लामाले प्रदेश प्रमुखले आह्वान गरेको समय अनुसार मंगलबार मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले आफ्नो पार्टी (कांग्रेस) का ३७ र एमालेका २७ गरी ६४ जना सांदद्को समर्थनमा दाबी पेश गरेका हुन् । लामा नुवाकोटबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट