सेन्ट्रल कलेज चितवन जिल्ला लिग : एष्ट्रल र सौराहाले अंक बाँडे

चितवन, १६ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले अंक बाँडेका छन् । लिग अन्तर्गत आइतबार भरतपुर ७ कृष्णपुर मैदानमा सम्पन्न समूह ए को खेलमा १-१ गोलको बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल […]

सञ्चारकर्मीलाई डेंगी रोग सम्बन्धि अभिमुखीकरण

भरतपुर, १६ असार । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले आइतबार भरतपुरमा सञ्चारकर्मीलाई डेंगी रोग सम्बन्धि अभिमुखीकरण गरेको छ । मनसुनको सक्रियतासँगै डेंगीका बिरामी देखा पर्ने क्रम सुरु भएपछि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । वरिष्ठ जनस्वास्थ्य प्रमुख दीपक सुवेदीले पानी परेपछि डेंगीका बिरामी बढ्ने गरेको पाइएको बताए । उनले चितवनको वातावरण डेंगी फैलाउने एडिज् प्रजातिको […]

भानु जयन्तीमा चिसापका तीन पुरस्कार अर्पण गरिँदै

भरतपुर, १६ असार । चितवन साहित्य परिषद् (चिसाप) ले २११औं भानु जयन्तीका दिन तीन जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । कार्य समितिको बैठकपछि चिसापले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारबारे जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख भएअनुसार चिसाप प्रतिभा पुरस्कार २०८१ बाट रत्ननगर निवासी धनराज गिरी पुरस्कृत हुने भएका छन् । पुरस्कारको राशि १५ […]

संगीतकार रञ्जित गजमेर अमेरिकामा सम्मानित

लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ । ‘रञ्जित गजमेर उत्सवः जिन्दगानी दर्पण छायाँ’ सांगीतिक उत्सवमा शरणार्थी हुँदै नेपालबाट अमेरिका आप्रवासनमा गएका भुटानी संगीतकार प्रताप सुब्बा र गायक रोविन शर्मा, सुजाता बर्मा, जुना प्रसाई, कवि नवराज पराजुलीसहितका अतिथिमाझ रञ्जितको विशेष सम्मान गरिएको थियो । संगीतकार गजमेरको विशिष्ट संगीत यात्रालाई […]

आठ जना स्रष्टालाई गैंडाकोटमा सम्मान

गैंडाकोट, १६ असार । गैँडाकोटमा विभिन्न विधाका आठ जना स्रष्टालाई सम्मान गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानको ३५औँ स्थापना दिवसका अवसरमा शनिबार आठ जना स्रष्टालाई नगदसहित सम्मान गरिएको हो । प्रतिष्ठानले ‘त्रिवेणी धर्मटीका काव्य पुरस्कार’बाट डाक्टर गीता त्रिपाठी, ‘त्रिवेणी रामचन्द्र अन्नपूर्ण हरिमाया नाट्य पुरस्कार’बाट गोपी सापकोटा, ‘त्रिवेणी प्राडा होमनाथ भगवती कला वाङ्मय पुरस्कार’बाट रमेश श्रेष्ठ, […]