सहकारीको डाटा सुरक्षाबारे बहस

भरतपुर, २७ जेठ । डाटा हवको आयोजना तथा कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनको समन्वयमा सहकारी क्लाउड संवाद कार्यक्रम आइतबार दियालो फूडल्याण्डमा सम्पन्न भएको छ । दिगो प्राविधिक पूर्वाधारको व्यवस्थापनमा, डाटा हव हरपल सहकारीको साथमा भन्ने मूल नाराका साथ डाटा हवले कार्यक्रम गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनका अध्यक्ष मेघनाथ लामिछानेले […]

सकियो साकोस समिट, यस्ता छन् प्रतिबद्धता

भरतपुर, २७ जेठ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी सुशासन र एकरुपताका लागि ऐक्यबद्धता : चितवनका साकोसहरुको प्रतिवद्धता कार्यक्रम गरिएको छ । सिएमटी होटल भरतपुरमा जेठ २५ र २६ गते दोस्रो साकोस समिट–२०८१ को समापनमा चिस्कुन र सहभागी सम्पूर्ण साकोसहरुको तर्फबाट चितवनको साकोस अभियानलाई सुशासन, सुदृढीकरण र एकरुपताको लागि देहायबमोजिमको […]

बीमा दर्ता सहयोगीले बुझाए ज्ञापनपत्र

नवलपुर, २७ जेठ । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको कार्यक्रम यतिबेला देशैभर स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन हुँदै आएको छ । कार्यक्रमलाई सञ्चालन गर्न मुख्य भूमिकामा रहेका बीमा दर्ता सहयोगी […]

प्रकृति, पर्यावरण र पेडागजी

प्रकृतिसँग प्रेममा पर्नु आफैंलाई प्रेम गर्नु हो भने आफन्तहरुलाई ईष्र्यालु बनाउनु पनि हो । आफन्तहरु ( श्रीमान, श्रीमती, छोरा छोरी, साथीभाइहरु) लाई दिने समय वा आफ्नाहरुसँग बिताइने समय एउटा प्रकृतिप्रेमीले घरबाट बाहिर जंगल, खोलानाला, झाडीहरुमा बिताइरहेको हुन्छ । बिहान सबेरै चराहरुसँगै उठ्नु, क्यामरा र बाइनाकुलर लिनु, चराहरु, रुख बिरुवा, किरा, पुतली या अन्य जंगली जनावरहरुका […]

मनहरिमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन

मकवानपुर, २७ जेठ । मकवानपुरको मनहरिमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । मनहरि गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिबार मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले गाउँको विकासका लागि सक्दो सहयोग गर्ने बताए । विकास निर्माणका कार्यमा […]