त्रिवेणी साहित्य प्रतिष्ठानमा इन्द्रराज पौडेलको नेतृत्व

गैँडाकोट, १३ माघ । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले शनिवार गैंडाकोटमा रहेको आफ्नै भवनमा चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । सभाले इन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोधरुपमा उपाध्यक्ष भीमप्रसाद शर्मा, सचिव रामहरि शर्मा शराह, सह-सचिव भूमिश्वर शर्मा, कोषाध्यक्ष मुक्तिनाथ न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ […]
माडीमा प्रदीप रोदनको गजल वाचन

माडी, १३ माघ । के के हुँदो रहेछ जिन्दगीको राज पनि मायामा डुबेर मर्यो पौडीबाज पनि तिम्रो सिउँदोले तिम्रो केश मात्रै आधा बनाएन आधा आधा बनायो समाज पनि एउटा त्रिपाल दिएको बदलामा छाना उडाउन खोज्छ सरकार पनि अरुको गहना देखेर लाज लाग्यो भन्छौ आफैमा गहना होइन र लाज पनि ।। लोकप्रिय गजलकार प्रदीप रोदनले शनिबार […]
साहित्य सन्ध्याको ३३९ औँ शृङ्खलामा खेम बानियाँको सम्झना

मकवानपुर, १३ माघ । साहित्य सङ्गम मकवानपुरको ३ सय ३९ औँ साहित्य सन्ध्यामा साहित्यकार खेम बानियाँलाई सम्झिएकाे छ । मकवानपुरकाे दिवंगत साहित्यकार बानियाँ स्मृति विशेषमा साहित्य सर्जकहरुकाे रचना वाचनका साथै साहित्य र जीवन विषयक अन्तरसम्वाद समेत आयाेजना गरिएकाे थियाे । साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य बानियाँको स्मृति कार्यक्रम गर्दै सुरु गरिएकाे सन्ध्यामा सर्जक सञ्जाल मकवानपुरका […]
समाजसेवी पालिखेको निधन

भरतपुर, १३ माघ । विगत चार दशकअघि पूर्वी नेपालको सुनसरीबाट चितवन आई समाजसेवामा संलग्न समाजसेवी निला पालिखेको ६१ वर्षको अल्पायुमा निधन भएको छ । उनी पुर्बेली समाज चितवनको संस्थापक तथा वर्तमान उपाध्यक्ष, नेवा समाज चितवनको उपाध्यक्ष तथा विभिन्न सङ्घसङ्स्थामा आबद्ध भएर समाजसेवामा सक्रिय रहँदै आएकी थिइन् । भरतपुर ९ हितैषी टोल निवासी दुई छोरी, एक […]
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि छलफल

भरतपुर, १३ माघ । नेपाल शिक्षक संघ भरतपुर महानगर समितिले शिक्षामा गुणस्तरको अभियान थालेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको लागि संघको महानगर समितिले बहस सुरु गरेको छ । सामुदायिक विद्यालयको समस्या र चुनौती पहिचानको लागि महानगरपालिकाका सरोकार पक्षसँग अन्तर्क्रिया गरेर सुझाव संकलन गरेको छ । संघमा आवद्ध शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, काँग्रेसबाट निर्वाचित […]
मानहानी मुद्दामा ट्रम्पलाई ८३.३ मिलियन डलर जरिवाना

अमेरिका- शुक्रबार, म्यानहट्टन संघीय अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन उत्पीडन र मानहानीको मुद्दामा फैसला सुनाएको छ । पूर्वराष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाई यो सजाय सुनाइएको हो । अब अदालतको आदेशअनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानी क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ । क्यारोलले मानहानीको लागि १० मिलियन […]
विज्ञान शिक्षक समाजद्वारा शिक्षकलाई तालिम

मकवानपुर, १३ माघ । विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा एक दिने अभिमुखिकरण तालिम शुक्रबार सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा एकदेखि तीनको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास […]