२०८० पुस ८ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

लाकोजूको `सत्याग्रह´ माथि चितवनमा विमर्श

भरतपुर, ७ पुस । काभ्रे, पनौती नगरपालिकाका स्रस्टा सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह `सत्याग्रह´को विमर्श गरिएको छ ।अक्षर समूह चितवनले सम्पूर्ण किताब नारायणगढमा शनिबार आयोजना गरेको कार्यक्रममा कृतिमाथि सुरेन्द्र अस्तफल र अविरल यात्रीले समीक्षात्मक टिप्पणी राखेका थिए । वक्ता सुरेन्द्र अस्तफलले उनका कथाहरू विविध भावका भएको बताए । जम्मा ११ वटा कथा रहेको यो सङ्ग्रहमा राजनीति, समाज, […]
विरहीको `प्रतिरोधको लय´ सार्वजनिक

भरतपुर, ७ पुस । कवि रेशम विरहीको कवितासङ्ग्रह `प्रतिरोधको लय´ विमोचन गरिएको छ । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, कवि भूपिन र कृतिकार विरहीले कृति विमोचन गरेका हुन् । विमोचनपछि कृतिको समीक्षा गर्दै कवि भूपिनले क्यान्सर आक्रमणपछि कवि विरही थप सिर्जनशील बनेको बताए । `चोटले मानिसलाई सिर्जनशील बनाउँछ । जगदीश घिमिरे जस्तै ।´भूपिनले भने […]
महानगर प्रहरीको कमाण्डमा डिएसपी

भरतपुर, ७ पुस । भरतपुर महानगरको नगर प्रहरी डिएसपीको कमाण्डमा आएको छ । महानगरपालिकामा नगर प्रहरीले गर्नुपर्ने कामको चाप वृद्धि भएसँगै नगर प्रहरी निरीक्षकको कमाण्डलाई परिवर्तन गरी नगर प्रहरी नायब उपरीक्षक (डिएसपी) नियुक्त गरेको हो । महानगरपालिकाले नयाँ २८ जना नगर प्रहरी थप गरेसँगै नगर प्रहरीको संख्या ७३ पुगेको महानगरका प्रशासन प्रमुख झलककुमार श्रेष्ठले जानकारी […]
हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको ५६औं साधारणसभा सम्पन्न

भरतपुर, ७ पुस । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले ५६औं साधारणसभा गरेको छ । २०२४ सालमा स्थापना भएको सहकारीले आफ्ना सेयर सदस्यसँग संस्थाको भावी योजना र कार्यनीतिका विषयमा छलफल गरेको हो । सहकारीको विकाससँगै उपभोक्ताको हितमा योजना तयार गरेर अघि बढ्ने निर्णय गरेका छन् । जिल्ला सहकारी सङ्घको भवनमा साधारणसभा भएको हो । सहकारीका अध्यक्ष कविराज […]
मनहरी गाउँपालिकामा ग्रामिण एक्स-रे सेवा सुरु

मकवानपुर, ७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउन्ड(एक्स-रे) सेवा सुरु गरेको छ । पालिकाले गर्भवती महिला लक्षित कार्यक्रम अन्तर्गत अल्ट्रासाउन्ड मेसिन खरिद गरी सेवा सञ्चालन गरेको हो । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स-रे मेसिन हस्तान्तरण गरेसँगै सेवा सञ्चालन गरिएको बताए । ‘गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे […]