मैयाँदेवीकाे स्मृतिमा अन्तरप्रदेश क्रिकेट प्रतियोगिता गरिँदै

भरतपुर, ६ पुस । आगामी माघमा भरतपुरमा राष्ट्रियस्तरकाे महिला क्रिकेट प्रतियोगिता गरिने भएकाे छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले पूर्वसांसद मैयाँदेवी श्रेष्ठको स्मृतिमा अन्तरप्रदेश राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । सात प्रदेशका महिला टिम सहभागी रहने प्रतियोगिता माघकाे तेस्रो साता गरिने संघका महासचिव सुवाेध प्रधानले जानकारी दिए […]
खैरहनी नगरपालिकाले प्रशासनिक खर्च १ करोड ९ लाख घटायो

खैरहनी, ६ मंसिर । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आम्दानी खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन सहित पास गरेको छ । पुष ६ गते सम्पन्न चौधौँ नगर सभाले चालू खर्चतर्फ १ करोड ९ लाख बजेट घटाएको नगर प्रमुख शशिकुमार खनियाले बताएका छन् । चालु खर्चबाट घटाइएको रकमलाई पुँजिगत खर्चमा रकमान्तर गरी बिभिन्न […]
जन्मदिनमा पुष्करले दिए विद्यार्थीलाई मुना

गैंडाकोट, ६ मंसिर । गैंडाकोटस्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत पुष्कर अधिकारीले जन्मदिनका अवसरमा सामुदायिक विद्यालयका विद्यार्थीलाई मुना बालपत्रिका उपलब्ध गराएका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको विजय आधारभूत विद्यालयका विद्यार्थीलाई अधिकारीले शुक्रबार विद्यालय मै पुगेर बालपत्रिका मुना उपलब्ध गराएका हुन् । अधिकारीले जन्मदिनका अवसरमा केही राम्रो काम गरौं […]