भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुल्ला गर्न आग्रह

भरतपुर, २७ भदौ । ऐतिहासिक महत्वको यहाँको दियालो बङ्गला क्षेत्र भरतपुर भ्रमण वर्षमा खुल्ला गर्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउने र सोही अवसरमा विसं २०२६ मा राजाका लागि निर्माण गरिएको बङ्गाला सर्वसाधरणका लागि खुला गर्न आग्रह गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टको कार्यालयलाई पत्र […]
निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने

भरतपुर, २७ भदौ । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा निजी लगानीका विद्यालयको शुल्क स्थानीय तहले निर्धारण गर्ने प्रावधानको प्रस्ताव विधेयकमा छ । प्रस्तावित बिधेयकमा निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्क लिन सक्ने व्यवस्था विधेयकमा गरिएको […]
बिपी र चीन सम्बन्ध

जननायक बिपी कोइरालाको सुस्पष्ट परराष्ट्र नीति थियो र आफ्नो नीतिको सम्बन्धमा उहाँमा कहिल्यै पनि कुनै किसिमको भ्रम वा द्विविधा थिएन । तथापि विभिन्न कालखण्डमा चाहे त्यो उहाँको जीवनकालमा होस् वा त्यस पश्चात, उहाँको परराष्ट्र नीतिलाई विभिन्न कोणबाट आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्ने प्रयासहरू भइ नै रहे जसले गर्दा त्यस सम्बन्धी कतिपय भ्रमहरू विद्यमान छन् । […]
आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाडौं, २७ भदौ । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्ने भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति […]