काँग्रेसले उभ्याएको कुशल व्यवस्थापक उमेश श्रेष्ठ

भरतपुर, १८ कात्तिक । विकास निर्माण र जनताको अपेक्षा अनुसारको काम गर्न काँग्रेसले अनुभवी उम्मेदवार जनताको माझ उभ्याएको काँग्रेसका महासमिति सदस्य प्रकाश अधिकारीले बताएका छन् । उम्मेदवार उमेश श्रेष्ठको काम गर्ने शैलीले कुशल व्यवस्थापकको रुपमा स्थापित भएको भन्दै अधिकारीले क्षेत्र नम्बर दुईको विकासको लागि श्रेष्ठको विकल्प नभएको बताए । पाँचदलीय गठबन्धनबाट उमेद्वार बनेका श्रेष्ठलाई जिताउन […]

समृद्ध चितवनको अभियान लिएर भोजराजको चुनावी अभियान

भरतपुर, १८ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन नजिक आएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा भरतपुरका मतदातासँग लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी घरदैलो अभियानमा व्यस्त छन् । गठबन्धन अन्तर्गत प्रदेश ३(१) मा डा. सुर्यकान्त घिमिरे र ३(२) मा ठाकुरप्रसाद ढकालसँगै उनी जनताको घरदैलोमा पुगेका हुन् । गठबन्धनका […]

देउसीभैलाेबाट उठेकाे पैसाले शैक्षिक सामग्री वितरण

भरतपुर, १८ कात्तिक भरतपुर-२९ का युवाहरूकाे समूहले तिहारमा देउसीभैलाे खेलेर संकलन गरिएकाे पैसाले साना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । जुगेडी देउसीभैलाे टिमले संकलन गरेकाे दान रकमबाट स्थानीय कविलास माध्यमिक विद्यालयमा शिशु कक्षामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएकाे हाे । शुक्रबार विद्यालयमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर-२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङमार्फत उक्त समूहले […]

मतदातासँग विकास र परिवर्तनको आवाज उठाउँदै लोक गायक मिलन लामा

भरतपुर, १८ कात्तिक । जनजिभ्रोमा झुण्डिएका बहुचर्चित लोक तथा दोहोरी गीत ‘कृष्ण भीरमा जाम’, ‘हङकङ आइडिले’, ‘माझी दाइ’ आदिका माध्यमबाट घरघरमा पुग्न सफल लोकप्रिय गायक एवम् सर्जक मिलन लामा (विष्णु) यतिबेला गीत/संगीतभन्दा फरक बाटो हुँदै जनताको घरदैलोमा पुगिरहेका छन् । विशुद्ध कलाकारिता गरेर जीवन निर्वाह गर्नुका साथै सामाजिक अभियानमा जोडिएका गायक लामा मंसिर–४ गतेको लागि […]

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतकाे आदेश

काठमाडौं, १८ कात्तिक। बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएकाे छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् । नेपाली […]

मत माग्दै घरघरमा पुगे उम्मेदवार

कावासोती, १८ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न घरघरमा पुगेका छन् । यसैक्रममा नवलपुर क्षेत्र नम्बर १ लाई भने चौतर्फीरुपमा चासोका साथ हेरिएको छ । नेपाली काङ्ग्रेस महामन्त्री एवं संघीय संसदको समेत प्रतिस्पर्धा रहेको यो क्षेत्रमा विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न […]